• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रविधिमैत्री शिक्षा आजको युगको आवश्यकता: अध्यक्ष पुनमगर




कमिरेचौर । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले प्रविधिमैत्री शिक्षा आजको युगको आवश्यकता भएको बताउनुभएको छ । उहाँले अहिलेको परिवर्तित युग सूचना प्रविधिको युग रहेको भन्दै अबको शिक्षा प्रणाली प्रविधिमैत्री वन्नु पर्नेमा जोड दिनुभयो ।बंगलाचुली गाउँपालिकाले आयोजना गरेको आधारभूत तथा माध्यामिक विद्यालयका आईटी स्रोत शिक्षकको लागि सूचना प्रविधिसम्बन्धि दुई दिने क्षमता विकास तालिमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पुनमगरले यस्तो बताउनुभएको हो ।

अध्यक्ष पुनमगरले अहिलेका वालवालिका प्रविधिसंग निकट रहेको बताउँदै सूचना प्रविधीलाई जीवनउपयोगी शिक्षाकोरुपमा सिकाउन आवश्यक रहेको बताउनुभयो । सूचना प्रविधिको युगलाई कसैले पनि नकार्न सक्ने अवस्था नरहेको भन्दै सहिरुपमा यसको प्रयोग गर्नकालागि शिक्षकहरुको अहम भूमिका रहने बताउनुभयो । बंगलाचुली गाउँपालिका वडा नम्वर एकका कार्यवहाक अध्यक्ष चित्रा कुमारी दमाईको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा तालिमको सुरु गरिएको छ ।

तालिममा बंगलाचुली गाउँपालिका वडा नम्वर एक , दुई र चारको विद्यालयमा अध्यापनरत शिक्षकहरुको सहभागिता रहेको छ । तालिम दुईदिन सम्म चल्ने छ । तालिम उद्घाटन समारोहको सहजिकारण बंगलाचुली गाउँपालिका शिक्षा शाखाका डेमराज पुनले गर्नुभएको थियो ।

Facebook Comments