दाङ । केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आ–आफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर मनाउछन् केहीले भने बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरुसँग मनाउने गरेको पाइन्छ तर यसपाली भने भर्खरै सल्यानका ईन्जिनियर हिजन बिष्टसँग बिवाह गरेकी भुमिकाले आफ्नो श्रीमानको जन्मदिनको अवसरमा अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गरेर मनाएकी छिन् ।
काठमाण्डौंमा रहेको स्नेहा अनाथ आश्रमाा रहेका बालवालिकालाई दाल, चामल, चिउरा, खाजाको लागी सामाग्री, साबुन स्याम्पोहरु लगाएतका सामाग्री सहयोग गरेकी छन् । भुमिकाले कलाकार इक्कु सुर्यमान शंकरले संचालन गरेको सो आश्रममा पहिला देखीनै सहयोग गर्दै आएकी छिन् । लोक गायिका भुमिका गिरीले आफ्नो जन्मदिनमा पनि अनाथलाई सहयोग गर्दै आएकी छिन ।
यस पटक भने आफ्नो श्रीमानको जन्मदिनको अवसरमा सहयोग गरेकी हुन् । जन्मदिनमा गरिने खर्च अनाथ र साहराबिहिनलाई सहयोग गर्दा राम्रो हुने भएकोले सँधैजसो आफ्नो जन्मदिनमा सहयोग गर्दै आएको उनले बताइन् । यसपटक भने श्रीमान हिजनको जन्मदिनको अवसरमा पनि ति बालबालिकालाई सहयोग गरेको भुमिकाले बताइन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।