प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको कुरा कपोलकल्पित रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै बिहीबार प्रधानमन्त्री प्रचण्डले त्यतिबेला देशको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा। रामशरण महत हुनुहुन्थ्यो, त्यस प्रकरणमा मलाई जोडेर भ्रष्टाचार भन्नु आरोप मात्रै हो, भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘२०४६ सालपछिका चर्चामा भएका सबै भ्रष्टाचार विषयमा छानबिन गर्न तयार छु । शिविरमा रहेका लडाकूलाई वितरण गरिएको रकममा भ्रष्टाचार भएको ठहर भएमा म जेल जान तयार छु ।’’


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।