• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी -१ मा प्रथम वडा अध्यक्ष कप शुरु




कमल खड्का

होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ ले वडा अध्यक्ष कप खेलकुदको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उद्घाटन सम्पन्नपछि खेलकुद सुरु भएको हो ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा भएको खेलकुद कार्यक्रममा १७ वटा भलिबल खेलाडी समुहहरुको सहभागिता रहेको छ । वडा अध्यक्ष कप यो रुन्टीगढी गाउँपालिकाको पहिलो कप हो । कप वडा नं १ को अध्यक्ष थम बहादुर घर्तीको सभापतित्वमा भएको हो ।

वडा नं १ आयोजनामा भएको कार्यक्रममा स्थानीय राजनीति दलका प्रतिनिधि जन प्रतिनिधी, स्वास्थ्य सोयमसेविका, आमा समुह, खेलाडी स्थानीय हरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण वडा सचिव पदम रावतले गर्नु भएको थियोे । कार्यक्रम वडा नम्बर १ को वडा कार्यालयको प्राङ्गणमा भईरहेको छ ।

Facebook Comments