• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही-तुलसीपुर फोरलेन सडक ठेक्का सम्झौता रद्द : मन्त्री शर्मा




दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले दाङको अलपत्र फोरलेन सडकको सम्झौता तोडिएको बताएकी छिन् । दाङ सूचना सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १७ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले अलपत्र फोरलेन सडक ठेक्का सम्झौता रद्द गरिएकोे बताएकी हुन् ।

भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणको जिम्मा लिई काम चारवर्षदेखि अलपत्र पारेकाले नेपाल सरकारले उक्त निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया थालन गर्न लागेको बताएकी छिन् । सडक निर्माणको नयाँ निर्माणको काम नहुुदासम्म अलपत्र परेको फोरलेन सडकको बिग्रे भत्किएको ठाउँमा नेपाल सरकारले आफैले मर्मत सम्भार गरी धुलो हिलो र खाल्टाखुल्टी मर्मत सम्भार गरी तत्कालिन ‘टुं–लेन’ सडक प्रयोगमा ल्याउने बताएकी छिन् ।

जसका लागि आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम मार्फत तत्काल अलपत्र फोरलेन सडकको मर्मत सम्भारका लागि नेपाल सरकारले बजेट व्यवस्थापन गरी दाङवासीको आवागमनमा सहजता ल्याउने उनको भनाई थियो । उनले भनिन–‘ भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणका नाममा अलपत्र पारेकाले फोरलेन सडक निर्माण ठेक्का सम्झौता नेपाल सरकाले रद्द गरेको हो । ’ ठेक्का रद्द पनि नेपाल सरकारले आफैले उक्त अलपत्र सडकको मर्मतसम्भार गर्ने उनले बताईन् ।

मन्त्री शर्माले उक्त अवसरमा नेपाल सरकार अहिले सुशासन पक्षमा दृढताका साथ उभिएर मुलुकलाई समृद्धिको बाटोमा डोहो¥याउन खोजेको बताएकी छिन् । जसका लागि नेपाल सरकारले नक्कली भुटानी शरनार्थी प्रकरणमा मुलुकको नीति निर्माण तहका व्यक्तिहरुले उक्त प्रकरणको अभियोगमा मुच्छिरहेकाले सत्यतथ्य छानविन सहित मुलुकको अस्मिता जोगाउन प्रत्यनशिल बनिरहेको उनको भनाई थियो । उनले भनिन–‘ राष्ट्रकै नीति निर्माण तहका व्यक्तिहरु उक्त प्रकरणको अभियोग लागेको वर्तमान सरकारले सत्यता खोजी गरी सुशासन प्रत्याभूति नागरिकलाई दिलाउने छ । ’ जसका लागि सरकारले कटिबद्ध समेत रहेको उनको भनाई थियो । रेडियो सञ्चालक समितिका अध्यक्ष मधुुसुदन बैद्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments