• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा पूर्वी दाङ १३ नम्बर वडाको प्रथम भेला, देशभरका सुकुम्बासी बस्ती व्यवस्थापनमा जोड




घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ ४ नम्बर एरिया अन्तर्गत १३ नम्बर वडाको प्रथम भेला सम्पन्न भएको छ । वडाको आयोजनामा सोमबार घोराही-१३ को सहिद रामपुरा टोल विकासको भवनमा उक्त भेला सम्पन्न भएको हो ।

नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इन्चार्ज सम्झना सीले नेपाल कम्युनिस्ट पार्टी जनताको सुखदुःखको साथी भएको बताउँदै पार्टीका नेताहरु जनताको बस्तीहरु फर्किएको कुरा जोड दिएकी छन् । भेलाका प्रमुख अतिथि समेत रहेकी इन्चार्ज सम्झनाले पार्टीलाई जनतासँग जोडपर्ने भएको हुँदा पार्टीले नेतालाई गाउँ फर्काउने नीति लिएसँगै आफूहरु प्रत्यक्ष जनतासामु जोडिएको बताइन् ।

नेता सम्झनाले देशमा संसदवादी पार्टीहरुले बिकृती,बिसंगती, लुट, भ्रष्टाचार लगायत विभिन्न बदमासीहरु गर्दै त्यसको पक्षपोषण र प्रोत्साहन दिँदै अगाडि बढिरहेको सन्दर्भमा क्रान्तिकारी पार्टीले त्यसलाई विस्थापित हुने समयमा अगाडि बढिरहेको उद्घोष गरिन् । `यो चुनौतीपूर्ण पनि छ र ठूलो सम्भावना पनि बोकेको छ´ उनले भनिन् ` किनभने अप्ठ्यारोसँग लड्न जुन बेला र जस्तो परिस्थितिमा पनि हाम्रो पार्टी तयार छ।´

`हामीले यो बस्तीमात्र होइन् देशभरीका सुकुम्बासी बस्तीहरु व्यवस्थापन गर्नुपर्छ´ इन्चार्ज सम्झनाले भनिन् ` बस्ती बसाल्नुपर्छ र लालपुर्जा दिनुपर्छ । र, भूमिसुधार लागू गरेर सम्पूर्ण सुकुम्बासीहरु व्यवस्थापन गर्नुपर्छ । सरकारका नाममा सयौं विघा जग्गाहरु छन् र त्यहाँ खाली रुखहरु, जंगलहरु उम्रीरहेछन् । तर, मान्छेले बस्ने बास समेत पाइराखेका छैनन् । केही कारण बस्ती बसीहाले पनि त्यहाँबाट उठाउन खोजिन्छ । एउटा मानवीयतासम्म छैन् । दलालहरुले गरिब, दलित, सुकुम्बासी बसेका ठाउँमा दोजरहरु चलाउने गर्छन् । त्यसका विरुद्धम हामी लड्छौं ।´

दलाल राज्य व्यवस्था जनताको पक्षमा नभएको र यो व्यवस्था फेल भएको पुष्टि भइसकेको हुँदा दलाल राज्य व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने नेता सम्झनाको बताइन् । वैज्ञानिक समाजवादमा मात्रै गरिब, दलित, महिलाको अधिकारलाई सुरक्षित गर्ने भएको हुँदा पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा सबै जना गोलबद्ध हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै पार्टी प्रवेश गरेका जगत दर्लामीले हिजो माओवादी हुँदा १३ नम्बर वडामा सुकुम्बासी बस्ती बसाल्नमा आफ्नोपनि राम्रै भूमिका रहेको बताए । उनले आफ्नो अनुभूति सुनाउँदै एमालेले चुनावमा सुकुम्बासी र दलितहरूलाई भोट बैंकमात्र प्रयोग गरेको आफूलाई महसुस भएको कुरामा जोड दिए । पार्टी प्रतिबन्धकै बेलामा पार्टीमा फर्किन चाहेको भएतापनि त्यो परिस्थितिमा समय अनुकूल नभएको र अहिले पार्टी प्रवेश गरेको भन्दै अब पार्टीमा जस्तोसुकै परिस्थितिमा अविचलित भएर काम गर्ने उनको भनाइ छ ।

पार्टीले नेकपा एमालेबाट पार्टी परित्याग गरि विप्लव नेकपा प्रवेश गरेका जगत दर्लामी र पुराना रिक्सा मजदुर जगत नेपाली (मास्टर दाई) सम्मान गरेको थियो ।

त्यस्तै पार्टीको प्रथम भेलाले इन्द्र सीको नेतृत्वमा ९ सदस्यीय पार्टीको वडा कमिटी र सीमा सी नेतृत्वमा ९ सदस्यीय महिला संगठन निर्माण गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका ४ नम्बर एरिया इन्चार्ज महान सीले एरिया बैठकको निर्णयको बारेको जानकारी दिँदै प्रत्यक्ष वडाहरुमा संगठन विस्तार गर्ने , पार्टीको सदस्य वितरण गर्नुपर्ने कुरामा विशेष जोड दिए ।

पार्टीका १३ नम्बर वडाका सेक्रेटरी सीको अध्यक्षता एवं नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इन्चार्ज सम्झना सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका ४ नम्बर एरिया इन्चार्ज महान सी, पार्टीका वडा १३ का इन्चार्ज खिमबहादुर सी,पार्टीका वडा १४ का इन्चार्ज रेमन्त सी, पार्टीका वडा १५ का इन्चार्ज कमारा सी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका पूर्वी दाङकी जिल्ला सचिव मनिषा सी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments