• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लैंगिक हिंसा र बालविवाह अन्त्यका लागि जनप्रतिनिधि, महिला र सरोकारवालको सार्वजनिक प्रतिवद्धता




सल्यान । सल्यानका महिलाहरुले हिंसा न्यूनीकरण र बाल विवाह अन्त्यका लागि वाचा गरेका छन् । महिला सशक्तीकरणका विभिन्न विषयवस्तुमा अभिमुखीकरण पश्चात उनीहरुले आफुहरुले भोगीरहेका हिंशा, विभेद र अन्याय विरुद्ध सक्रियताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । जिल्लाको कालिमाटी गाउँपालिकाका महिलाहरुले समाजमा आफुहरुले सधै आरोप, आलोचना र दोष पाइरहेको भन्दै अब सहेर नबस्ने बताए ।

 

महिला सशक्तीकरण कार्यक्रममा सहभागि भएपछि कालिमाटी ४ निवासी गोपी केसीले कुटपिट गर्नुमात्रै हिंशा नभएर महिलाहरु आर्थिक, सामाजिक, मनोबैज्ञानीक लगाएत विभिन्न किसिमका हिंशाको शिकार भइरहेको कुरा थाहा पाएको बताइन् । कालिमाटी गाउँपालिकाको सात वटै वडामा सञ्चालन भएको महिला सशक्तीकरण कार्यक्रमका सहभागि महिलाहरुले हिंशा नगर्ने र नसहने, वाल विवाह नगर्ने, गर्न नदिने, सहभागि नहुने तथा बाल विवाह भएमा कानुन अनुसार बदरका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउँदै सार्वजनिक प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । यस्तै सातवटै वडाका जनप्रतिनिधी, कर्मचारी, प्रहरी लगाएत सरोकारवालाहरुले पनि हिंशा रवाल विवाह विरुद्ध सामुहिक हस्ताक्षर गरेका छन् । प्रतिबद्धता र हस्ताक्षर सहितको फ्लेक्स सम्बन्धीत वडा कार्यालयमा राखिएको छ ।

 

कालिमाटी १ लक्ष्मीपुर निवासी डिला बुढाथोकीले आफु पहिलो पटक अभिमुखिकरण कार्यक्रममा सहभागि भएर धेरै विषयमा सिक्न पाएको भन्दै सिके अनुसार व्यवहारमा लागू गर्ने बताइन् । यस्तै कालिमाटी ४ निवासी कमला डाँगीले महिला हिंशा अन्त्यका लागि वर्षमा एक पटक मात्र होइन नियमित रुपमा सचेतनाका कार्यक्रम सञ्चालन हुनुपर्ने बताइन् ।

 

महिला अधिकार, महिला सशक्तीकरण, लैंगिक समानता, लैंगिक विभेद तथा हिंसा उन्मूलनका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए । उनले आर्थिक आयआर्जनतर्फ महिलाहरु उन्मुख भएमा महिला हिंशामा कमी आउने विश्वास व्यक्त गर्दै महिलाहरु आफै जागरुक नभएसम्म सोचे अनुसारको उपलब्धी हाँसिल गर्न नसकिने बताए ।

गाउँपालिकाको सहयोग तथा सामुदायीक विकास केन्द्र नेपालको आयोजनामा सञ्चालन भएको महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिलाको नेतृत्व र क्षमता विकास, लैंगिक हिंशा, वाल विवाह न्यूनीकरण एवम् उद्यमशिलता विकासका विषयवस्तुमा अभिमुखिकरण, छलफल तथा अन्तरक्रिया गरिएको थियो । गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, गाउँपालिकाका स्वास्थ्य संयोजक गोरख थापा, प्रशासन तथा योजना शाखा प्रमुख यज्ञ बहादुर खत्री, महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रितु केसी तिमिल्सीना सहित नेपाल प्रहरीको तर्फबाट पनि अभिमुखिकरण गरिएको थियो ।

 

गाउँपालिकाका महिला जनप्रतिनिधीहरुले महिलाको अर्थपूर्ण सहभागिता हुने गरि महिला विकासका कार्यक्रम र योजना निर्माणमा विशेष रुपमा लाग्ने प्रतिवद्धता जनाएका छन् । वाल विवाहका कारण सबै भन्दा बढी महिलालाई असर पार्ने भएकाले यसको अन्त्यका लागि वडा स्तरमा समिति गठन गरेर अघि बढ्ने गाउँपालिकाले जनाएको छ । महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रितु केसी तिमिल्सीनाले पालिका स्तरिय वाल अधिकार संरक्षण समिति गठन भइसकेको जनाउदै अव कालिमाटीका सात वटै वडामा पनि यो समिति गठन गरिने बताइन् । उनले आगामी दिनमा सासु वुहारी र श्रीमान श्रीमतिलाई संगै राखेर पनि महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने बताइन् ।

 

गत बैशाख २५ गते देखी ३१ गते सम्म वडा स्तरमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा सहभागि महिलाहरुले पुरुषबाट मात्रै नभएर महिलाबाट नै महिलामाथी हिंशा हुनेगरेको बताएका थिए । केही महिला जनप्रतिनिधीहरुले आफुहरु सामाजिक काममा गाउँवस्तीमा खटिदा खेरी समाजले नराम्रो दृष्टीकोणले हेर्नेगरिएको भन्दै गुनासो गरेका थिए ।

 

दिदिवहिनीसंग उपाध्यक्ष कार्यक्रम अन्तर्गत सञ्चालन भएको सशक्तीकरण कार्यक्रममा कालिमाटी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रवीलाल वस्नेत, २ का वडा अध्यक्ष इन्द्र बहादुर वली, ३ का वडा अध्यक्ष शिव वहादुरखत्री, ४ का वडा अध्यक्ष बेल बहादुर चन्द, ५ का वडा अध्यक्ष टोपबहादुर कार्की, ६ का वडा अध्यक्ष टेकराज पुलामी मगर, ७ का वडा अध्यक्ष मित्रलाल रिजाल, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरुले सबै प्रकारको हिंशा र वालविवाह, वहुविवाह रोक्न कानुनको कार्यान्वयनमा कडाइ गर्नुपर्ने धारणा राखेका थिए ।

Facebook Comments