• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पञ्च वर्षीय प्रथम आवधिक योजना निर्माण गर्दै रुन्टीगढी गाउँपालिका




कमल खड्का

होलेरी । रोल्पाको दक्षिण भेगमा रहेको रुन्टीगढी गाउँपालिकाको पञ्च वर्षीय प्रथम आवधिक योजना निर्माण सम्बन्धी बैठक सुरु भएको छ । पालिकाको आयोजनामा आइतबारदेखि पालिकाको सभाहलमा सो बैठक सुरु भएको हो ।

बिषयगत समितिको बैठक तथा मस्यौदा प्रतिवेदन पेस कार्यक्रम २ दिनसम्म सञ्चालन भइ सोमबार समापन हुने भएको छ । उक्त बैठकमा आगामी ५ वर्ष भित्रमा गरिने कामको योजना बनाएर प्रतिवेदन पेस गर्ने कार्यक्रम हो ।

समृद्ध रुन्टीगढी ,सुखी रुन्टीगढी र सम्मानित रुन्टीगढीबासी बनाउने सोचका साथ आगामी ५ वर्ष भित्रसम्म यी क्रियाकलपहरु गर्न सकिने भनेर बिषयगत शाखाहरुसँग बैठक भइरहेको छ ।

रुन्टीगढी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण हेडलाइट प्रालि काठमाडौंले गरेको छ ।

Facebook Comments