• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी – १ मा प्रथम वडा अध्यक्ष कप सञ्चालन हुँदै, तयारी अन्तिम चरणमा




कमल खड्का
होलेरी । रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं १ ले वडा अध्यक्ष कप खेलकुद सञ्चालन गर्न लागेको छ । उक्त वडाले सञ्चालन गर्न लागेको कप प्रथम वडा अध्यक्ष कप हो । वडा नं १ को लिवाङ्गी आपँमा सञ्चालन हुन लागेको उक्त कपमा विभिन्न खेल्कुद तथा साँस्कृतिक कार्यक्रमहरु गरिने भएको छ।

रुन्टीगढी गाउँपालिका वडा नं १ को अायोजनाममा हुन लागेको कपको बजेट १ लाख ६० हजार रहेको छ । बिभित खेलकुद कार्यक्रमको बार्षिक बजेटबाट छुट्याइएको रकम बाट कप सञ्चालन गर्न लागेको वडा न १ का अध्यक्ष थम बहादुर घर्तीले जानकारी दिनु भएको छ ।

आज बिहान ११ बजेबाट उद्घाटन गरिने कपको सम्पूर्ण तयारी पुर्ण रुपमा भई सकेको त्यहाँबाट वडा नम्बर १ का वडा सदस्य बुद्धिलाल वलीले जानकारी दिनु भएको छ। कार्यक्रम वडा नम्बर १ को वडा कार्यालयको प्राङ्गणमा हुने भएको छ।

Facebook Comments