• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अध्यक्ष विष्टले सडक पेटीमा सुतिरहेका बेवारिसे ब्यक्तिको उद्वार गरि अस्पतालमा पुर्‍याए




दाङ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आईतवार बेलुकी बिरामी भएर सडक पेटीमा सुतिरहेका एक बेवारिसे ब्यक्तिलाई उद्वार गरि उपचारका लागि अस्पताल पुर्‍याउनु भएको छ।

अध्यक्ष विष्टले बिरामी भई सिसहनियाँ बजार नजिकै सडक पेटीमा सुतिरहेका प्युठानकाे स्याउलीबाङ घर बताउने अन्दाजी ६० वर्षका ती व्यक्तिलाई प्रहरीकाे सहयोगमा उद्वार गर्नुभएको हाे।

ती व्यक्ति बिरामी भएर सडक पेटीमै सुतेको खबर पाए लगत्तै अध्यक्ष विष्ट उद्वार गर्न त्यहाँ पुग्नु भएको थियो ।

हाल उनको सिसहनियाँ स्थित स्वास्थ्य चाैकीकाे इमर्जेन्सी कक्षामा उपचार भई रहेको छ।

बिरामी भएकै कारण उनले एघार दिन देखि खाना समेत नखाएकाे बताएका छन्। उनी केही वर्ष अघि देखि साे क्षेत्रमा हिडडुल गरिरहेका गरेका थिए।

Facebook Comments