• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`बालबालिकाको चौतर्फी विकासमा मन्टेश्वरी शिक्षाको महत्त्वपूर्ण भूमिका´




घोराही । घोराही-१५ मा रहेको भिएन स्कूल तथा कलेजमा भिएन मन्टेश्वरीको प्रथम  अभिभावक अन्तरक्रिया तथा भेला कार्यक्रम सम्पन्न भएको छ । स्कूलको आयोजनामा आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।

भिएन स्कूल तथा कलेजका प्रवन्ध निर्देशक द्रोण खड्काले विद्यालयको स्थापनाको छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको भन्दै बालबालिका लागि मन्टेश्वरी शिक्षा आजको आवश्यकता भएको कुरामा जोड दिएका छन् । उनले घरको जग राम्रो भएमात्र घर बलियो हुने भन्दै बालबालिकाको अपरिहार्य जग मन्टेश्वरी भएको उद्घोष गरे । अबको १०/१२ वर्षभित्र भिएनले डाक्टर मात्रहरु होइन् विश्व बजारमा बिक्न र टिक्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लामो योजनाका साथ विद्यालय अगाडि बढेको उनको भनाइ छ ।

बालबालिकालाई के बनाउन चाहेको हो, त्यो बनाउन जग बलियो बनाउनुपर्ने भन्दै भिएन मन्टेश्वरीले त्यो वातावरण सिर्जना गरेको र बालबालिकालाई विद्यालयमा मात्र नभएर घरमा पनि अभिभावकहरुले विशेष ध्यानदिनुपर्ने प्रवन्ध निर्देशक खड्काले बताए।

त्यस्तै भिएन स्कूल तथा कलेजकी सहायक प्रध्यानाध्यापक शारदा बहकरी(खड्का)ले मन्टेश्वरी शिक्षाले बालबालिकाहरुको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने  बताएकी छन्  । उनले अभिभावकहरुले हरेक बालबालिलाई अनिवार्य ड्रेसमा विद्यालयमा पठाउनुपर्ने कुरामा जोड दिइन् ।

विद्यालयभित्र पूर्ण रुपमा जङफुट बन्द भएको बताउँदै सहायक प्रध्यानाध्यापक शारदाले बालबालिकाहरुलाई जङफुट नपठाइदिन आग्रह गरिन् । उनले हरेक बालबालिकाहरुको एउटै बानी व्यवहार नहुने भन्दै सबै अभिभावकले आफ्नो बच्चाको बारेमा विद्यालयमा जानकारी दिनुपर्ने उद्घोष गरिन् ।

विद्यालयका सबै गतिविधिहरु आर्थिकसँगै जोडिएको हुने भएकाले बालबालिकाको मासिक शुल्क समयमै बुझानुपर्ने र विद्यालयमा भएका केही गल्ती कमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्ने उनको भनाइ छ । विद्यालय र विद्यार्थीको हितलाई मध्यनजर गर्दै विद्यालयले प्रत्येक महिनाको अन्तिम आइतबार विदा दिने निर्णय गरेको समेत सह-प्रअ बहकरीले जानकारी दिइन् ।भिएन मन्टेश्वरीको संयोजक अनुराधा मरमथानीले मन्टेश्वरीको बारेमा जानकारी दिँदै पहिले र अहिलेको शिक्षण सिकाइ नितान्त फरक रहेको बताएकी छन् । उनले यो भन्दा पहिले मन्टेश्वरीमा ल्याव नरहेको र यो वर्षदेखि मन्टेश्वरीमा ल्यावको व्यवस्था गरिएको बताइन् । मन्टेश्वरीमा ल्याव अनिवार्य भएको बताउदै ल्याव बिहीन मन्टेश्वरीको बालबालिकाहरुको सिकाइ प्रभावकारी नहुने कुरामा उनको जोड थियो ।बालबालिकाहरुलाई स्कूलमा सिकाएको संस्कार कुरा घरमा पनि अभिभावकले त्यो कुरामा ध्यान दिएमात्र बच्चामा परिवर्तन आउने उनले उल्लेख गरिन् ।

भिएन स्कूल तथा कलेजकी सहायक प्रध्यानाध्यापक शारदा बहकरी(खड्का)को अध्यक्षता एवं भिएन स्कूल तथा कलेजका प्रवन्ध निर्देशक द्रोण खड्का प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षिका र अभिभावकहरुले उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण भिएन मन्टेश्वरीकी शिक्षिका लक्ष्मी चौधरीले गरेकी थिइन् ।

 

Facebook Comments