• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस युनियन दाङको अध्यक्षमा खड्का निर्वाचित




घोराही । नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का निर्वाचित हुनुभएको छ । युनियनको आठौं जिल्ला अधिवेशनले खड्कालाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । खड्का यसअघि कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो ।

घोराहीको बाह्रकुनेमा शनिबार भएको अधिवेशनले खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई र किरणविक्रम शाह र महिला उपाध्यक्षमा पार्वती बस्नेत चयन हुनुभएको छ । यसैगरी सचिवमा अमरक्षितिज भण्डारी, सहसचिवमा सन्तोष केसी र उमा भण्डारी, कोषाध्यक्षमा लीलाधर वली र सहकोषाध्यक्षमा सुशीला वली निर्वाचित हुनु भएको छ । यसैगरी अधिवेशनले सदस्य पनि निर्वाचित गरेको छ ।

जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियामैत्री कानुन निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्यहरु प्रचण्डविक्रम न्यौपाने, लोका विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, अधिवेशन केन्द्रीय प्रतिनिधि तथा युनियनका उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलीप पौडेल, नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगी, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस सेन्टर नेपालका सचिव जनक नेपालीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा युनियनलाई बलियो बनाउन योगदान गर्ने अग्रजहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गर्नुभएको थियो ।

Facebook Comments