• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडियो मध्यपश्चिमको स्थापना दिवसमा रक्तदान




दाङ । रेडियो मध्यपश्चिमले १७ औँ वार्षिक उत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत शनिवार रक्तदान तथा खाद्यान्न सहयोग कार्यक्रम सम्पन्न गरेको छ । दाङ सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्जको रेडियोको प्रांगणमा रक्तदान र घोराही ३ कोईरेपानीमा रहेको प्रेरणाका लागि अभियान नेपालमा बस्दै आएका मानसिक विरामीलाई खाद्यान्न सहयोग गरिएको छ । रेडियोको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।

 

रक्तदान गर्नेहरुमा रेडियोका तर्फबाट सुदर्शन रिजाल, लक्ष्मी आचार्य, छबी पुुरी, बाबुराम पाण्डे, चन्द्रप्रकाश नेपाली, सुरेश मगर, शालिकराम चौधरी, सुनिल परियार र अस्मिता नेपाली रहुनु भएको थियो । यस्तै शुभेच्छुकहरुमा हिमाल चौधरी, सुरेश पट्वा क्षेत्री, शुुशिल अधिकारी, अर्मन बुढाथेकी नारायणी डाँगी, दुुर्गाप्रसाद रिजाल, खड्कबहादुर केसी, महेश खनाल र देबिराम पाण्डे रहनु भएको छ । रक्तदान गर्ने सबै रक्तदातालाई रेडियो संलालक समितीका अध्यक्ष मधुसुदन वैद्यले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

 

यसैविच रेडियो मध्यपश्चिमको टोली रक्तदान कार्यक्रम पश्चात घोराही ३ कुईरेपानीमा पुगेर खाद्यान्न सहयोग गरेको छ । रेडियो संचालक समिति अध्यक्ष वैद्य, उपाध्यक्ष सुदर्शन रिजाल, कोषाध्यक्ष लिलाधर पन्थी, सदस्य एक नारायण पौडेल, सम्पादक छवी पुरी र पत्रकार कुलदीप न्यौपानेसहितको टोलीले प्रेरणाका लागि अभियान नेपाल संस्थाका अध्यक्ष श्रीधरकुमार लम्साललाई हस्तान्तरण गरेको हो ।

 

 

पाँच बोरा चामल, तेल १० लिटर, ५ किलो दाल, ५ किलो चिउरा र १० किलो आलु प्रेरणाका लागि अभियान नेपाललाई सहयोग गरिएको हो । विगत ३ वर्ष देखी मानशिक विरामीलाई सेवा प्रदान गर्दै आएको संस्थामा हालसम्म ६७ जनाले सेवा लिएर पुनःस्थापित भएको संस्थाका अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार हाल ७ जना सेवारत छन् । जसमा ४ महिला र ३ पुरुष रहेका छन् । मानसिक बिरामीहरुका लागि निशुल्क रुपमा सेवा प्रदान गर्दै आएको संस्थाका लागि रेडियोले गरेको सहयोगले थप हौसला प्रदान गरेको उहाँको भनाई छ । संस्थाको स्थापना दिवसका अवसरमा मानवीय सेवा अन्तर्गत खाद्यान्न सहयोग गरिएको रेडियो सञ्चालक समिति अध्यक्ष वैद्यले बताउनुभयो । रेडियो र संस्था बीच सम्बन्ध सुमधुर बनाउन र मानवीय सेवाका लागि अग्रसर संस्थाको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । यसैविच रेडियोले जेठ १ गते एक औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउने जनाएको छ ।

 

Facebook Comments