• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली कांग्रेस २(१)ले वडाहरुमा पर्यबेक्षक पठाउने




दाङ। नेपाली कांग्रेस प्रदेश सभा २(१)को बैठक पार्टी कार्यालय बि पि स्मृति भबन घोराहीमा शुक्रबार सम्पन्न भएको छ।

सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा भएको बैठकले कार्य समितिका पदाधिकारी तथा सदस्य हरुलाई विभिन्न जिम्मेवारी दिएर आफ्ना मातहतका वडाहरुमा पठाउने निर्णय गरेक‍ो छ।

प्रदेश सभा क्षेत्र भित्र पर्ने वडा हरुमा पर्यबेक्षण गर्न र संगठन सुदृढीकरण गर्न र आफ्नो जिम्मेवारी कुशलता पुर्वक सबैले निर्वाह गर्न निर्देशन दिदै निम्नानुसार जिम्मेवारी बाडफाड गरेको छ।

बङलाचुली वडा नं १र २ मा बिन्दु दाहाल र यशोदा पाण्डेय, बङलाचुली ३र ४मा नारायण प्रसाद भण्डारी , बम बहादुर खड्का र जगतु चौधरी, बङलाचुली ५र६ मा पुर्ण मल्ल , हरि जि सि, बङलाचुली ७ र ८मा ध्रुब पून र पुरुषोत्तम शर्मा
घोराही ४मा सपना मजगैया र जुन कुमारी बुढा
घोराही १७ र १४मा केशब नेपाली र ध्रुव के सी
घोराही १५ र १३मा सरस्वता गौतम र द्रोपता न्यौपाने
घोराही १८ मा देवा जि सी र रजिव उल्लाह खान घोराही १९मा
भुवन चौधरी र बिष्णु पोखरेल रहेका छन ।

त्यसैगरी अनुगमन समितिमा तिलक बहादुर भण्डारी संयोजकत्वमा दामोदर शर्मा ,मनोज बुढाथोकी ,राम भक्त भण्डारी , ऋषिराम चौधरी , हिरा बहादुर घर्ती ,गंगा श्रेष्ठ ,खेमा बि क, मिनु गिरी, दिपा वली सदस्य रहेका छन ।

समन्वय -सभापति श्री प्रकाश श्रेष्ठ , सूचना संप्रेषण- सचिव -शिशिर अधिकारी , सचिव -माया कुमारी पोखरेल

सम्बन्धित वडा कार्य समिति ,सम्बन्धित नगर तथा पालिका कार्य समिति,क्षेत्रीय कार्य समिति क्षेत्र नं २ दाङ,र नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङ बोधार्थमा हुने छन ।

साथै बैठकले नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य भरत थापाको उपस्थितिमा पार्टीका कार्यकर्ताको बीचमा यही जेठको ५ गते घोराहीमा र ६ गते बङलाचुलीको कमिरेचौरमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

बैठकले कार्यसमिति सदस्य केशब नेपाली बिश्व हिन्दु युवा संघको केन्द्रीय सदस्य तथा हिन्दू शिल्पी समाजक‍ केन्द्रीय अध्यक्ष भएकोमा हार्दिक बधाई ज्ञापन समेत व्यक्त गरेको छ ।

Facebook Comments