• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘जीविकोपार्जन गर्नका लागि प्राविधिक शिक्षाको आवश्यक’ : डा. गिरी




घोराही । राप्ती इञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले कुनैपनि कार्य सञ्चालन गर्त तथा जीविकोपार्जनका लागि प्राविधिक शिक्षाको आवश्यक रहेको बताएका छन् । दाङमा एसईई दिएर इन्ट्रान्स तयारी गरिरहेका विद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डा. गिरीले अहिलेको समय भनेको विद्यार्थीहरुको लागि महत्वपूर्ण समय भएकोले सबै विद्यार्थीले राम्रोसँग सोच, विचार गरेरमात्र कुनैपनि विषय अध्ययन गर्न आग्रह गरे । उनले कुनैपनि कार्य सञ्चालन तथा जीविकोपार्जन गर्नको लागि प्राविधिक शिक्षा आवश्यक पर्ने भएकोले सबै विद्यार्थीहरुले घरको आर्थिक अवस्था, परिवारिक वातावरण तथा आफ्नो लगनशीलतालाई ध्यानमा राखेर विषय रोज्नुपर्ने कुरामा जोड दिए । अहिलेको युग सूचना प्रविधिको युग भएकोले अहिले कम्प्युटर विषय लिएर अध्ययन गर्दा रोजगारी तथा नयाँ-नयाँ सूचना प्रवाह प्राप्त गर्न सजिलो हुने डा. गिरीको भनाइ थियो ।

उक्त अवसरमा कलेजका प्रशासकीय अधिकृत धनेश्वर चौधरीले कलेजमा भएका सम्पूर्ण ल्यावहरु, कलेजका उपलब्धीहरु, भौतिक संरचनाहरु, कलेजमा रहेका शाखाहरु, कलेजबाट उत्पादित विद्यार्र्थीहरुको रोजगारीको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

कलेजले २०६५ सालदेखि नै प्रविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी भक्तपुरबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमाइन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ तथा पोखरा विश्वविद्यालय अन्र्तगत विसिए र विई सिभिल कार्यक्रमको कक्षा सञ्चालनगर्दै आईरहेको छ ।

राप्ती इञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा १ सय २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । एसईई दिएर इन्ट्रान्स तयारी गरिरहेका विद्यार्थीहरुका लागि शुक्रबार राप्ती इञ्जिनियरिङ कलेजमा क्यारियर काउन्सिलिङ कार्यक्रम गरिएको थियो ।

कलेजका निर्देशक मधुसुदन बैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कलेजका आईटी विभाग प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।

Facebook Comments