दाङ । लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसी नियुक्त हुनु भएको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिनुभयो ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान रहेको छ ।
उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुनुहुन्छ । लामो समय देखि सामानिक विकासको क्षेत्रमा क्रियाशील डा केसी ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि हुनुहुन्छ ।
गरिवि विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकास संग जोडिएर दशक वढी काम गर्नु भएको थियो । केसी तुलसीपुर उपमहानगरपालिका ६को स्थायी बासिन्दा हुनुहुन्छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
