घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङको ऎतिहासिक प्रथम जिल्ला भेला भब्य रुपले सम्पन्न भएको छ । संगठनको आयोजनामा सोमबार घोराहीको उद्योग वाणिज्य संघको सभाहलमा उक्त भेला सम्पन्न भएको हो ।
उक्त सम्पन्न भेला पदम सीको अध्यक्षमा २५ सदस्यीय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा शिशिर सी , सचिवमा मनोज सी, सह- सचिवमा विजय सी र कोषाध्यक्षमा दीपजं सी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पूर्ण सी, मनिका सी, शरद सी, यम बहादुर सी, प्रतीक्षा सी, भूपबहादुर सी, वसन्त सी, राजमोहन, नवीन सी, नेत्रज्योति सी, उमेश सी, सुसान्त सी, अनिल सी, तिलक सी, भूपेन्द्र सी, धर्मेन्द्र सी, अविषेक सी लगायत चयन भएका हुन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।