• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
साेलार लिफ्ट सिचाइ आयोजनाको उद्घाटन




तुल बहादुर कवँर मगर । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बाउनीपाटामा निर्माण भएको बाउन्नीपाटा साेलार लिफ्ट सिचाइ आयोजनाको आज आईतवार एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।

आयोजनाको लुम्बिनी प्रदेशका पूर्व भाैतिक पुर्वाधार मन्त्री तथा सांसद इन्द्रजित थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्तरूपमा उद्घाटन गर्नु भएको हाे।

उद्घाटन कार्यक्रममा बाेल्दै सांसद चाैधरीले कृषिको मुख्य संरचना सिचाइ भएको बताउदै सिचाइ सँगसँगै आधुनिक तथा व्यावसायिक खेतीपातीमा जाेड दिनु पर्ने बताउनुभयो ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले परम्परागत खेतीपाती लाई परिवर्तन गर्दै आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने बताउनुभयो।सिचाइकाे सुविधा भए सँगै उत्पादित कृषि जन्य बस्तुहरु बिक्री वितरण गरि स्थानीयहरुकाे आर्थिक आय आर्जनमा समेत टेवा पुग्ने अध्यक्ष विष्टकाे विश्वास रहेको छ ।

उहाँले कृषकहरूलाई उत्पादनमा जाेड दिन आग्रह गर्दै कृषकहरुकाे हरेक समस्या समाधान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

राप्ती गाउँपालिकाकाे १५ लाख ,नामसालिङ सामुदायिक विकास केन्द्रकाे १९ लाख १७ हजार र स्थानीय उपाेक्ताहरुकाे ३ लाख ८० हजार ५ सय ३ रुपैयाँ ९८ पैसा बराबरको श्रमदान गरि कुल ३७ लाख ९७ हजार ५ सय ३ रुपैयाँ ९८ रुपैयाँकाे लागतमा आयोजना सञ्चालनमा ल्याइएको हो।

उक्त क्षेत्रका बासिन्दाले लामो समयदेखि सिचाईको सास्ती भोग्नु परेको थियो। सिचाइका लागि करिब ६ सय मिटर तल घाेसखाेला बाट पानी साेलार लिफ्ट गरिएको छ।

उक्त सिचाई आयोजना संचालनमा आएपछि बाउनीपाटा,घाेप्टे र चरिङ्गे लगायत गाउँका करिब ४५ घरधुरीका स्थानीयहरु सिचाइ सुविधा बाट प्रत्यक्ष लाभान्वित भएका छन् भने १९ बिगाह जमिनमा सिचाइ हुने भएको वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिनु भएको छ ।

बाउनीपाटा साेलार लिफ्ट सिचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर सुनारी मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व भाैतिक पुर्वाधार मन्त्री तथा सभासद इन्द्रजित थारुकाे प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,९ का अध्यक्ष रिम बहादुर सुनारी मगर,वडा नम्बर २ का पूर्व वडा अध्यक्ष जगत थापा ,नामसालिङ सामुदायिक विकास केन्द्रका दाङ जिल्ला संयाेजक शशांक आचार्य लगायतले सिचाइ सुविधाको सेवासँगै आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने कुरामा जाेड दिनुभएको थियो ।

सिचाइ आयोजना अनुगमन समितिका संयाेजक केहर सिंह तारमी मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयाेजक धर्म यादबले गर्नु भएको थियो

Facebook Comments