• ९ मंसिर २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महाेत्सवकाे एघारौं दिन : हास्य कलाकार गाउँले र लाेक गायक न्यौपानेको प्रस्तुतिले थप्याे राैनक




दाङ, २४ वैशाख । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा आज एघाराैं दिन हास्य कलाकार कमल गाउँले र लाेक गायक सन्दिप न्याैपानेकाे प्रस्तुति रहेकाे छ ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज आइतबार हाँस्य कलाकार गाउँले र लाेक गायक न्याैपानेले प्रस्तुति दिएका हुन् ।

हाँस्य कलाकार कमल गाउँलेले समसामयिक विषयवस्तुमा प्रहसन गरेका थिए । त्यसाे त गाउँलेले राजनीतिक तथा सामाजिक विषयमाथि पनि व्यङ्ग्य प्रहार गरेका थिए ।

कलाकार गाउँलेले समसामयिक विषयवस्तुमा प्रहसन दिंदा दर्शक हाँसेनन् मात्र भावुक पनि भए ।

गायक न्याैपानेले लालु मै, पुलिसवाला, सान्नानी जाम पाेखरा, दिलमाया, धर्ती आकाश, ओकल दाेखल पिपल पात लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।

साथै आज महोत्सवमा गायक एघाराैं दिन गायक टाेपेन्द्र बिष्ट, घनश्याम केसी, राशी रिजाल, माेडेल सगुन थापा तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनारको प्रस्तुति रहेकाे सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

भाेलि साेमबार एलिना चाैहान

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि साेमबार एलिना चाैहानकाे प्रस्तुति रहने छ ।

साथै भोलि महोत्सवको घनश्याम केसी, राशी रिजाल, बिबि बुढा मगर, सालिक राेका, माेडेल सगुन थापा तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनार र डिएमएस डान्स ग्रुपको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।

एकल लाेक नृत्य प्रतियोगिताकाे फाइनल

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा एकल लाेक नृत्य प्रतियोगिता भाेलि साेमबार फाइनल राउन्ड हुने भएकाे छ ।

पहिलाे र दाेस्राे चरणबाट छनाैट भएका सात जना प्रतियाेगीहरूले भाेलि साेमबार अन्तिम चरणका लागि प्रस्तुति दिनेछन् ।

साथै प्रतियाेगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार रहेकाे छ ।

Facebook Comments