• २३ माघ २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कुपिण्डेमा दोस्रो मेयर कप सम्पन्न, भलिबलमा वडा ३ बाट चुनिए सर्वोत्कृष्ट खेलाडीहरु 




नबिन पुन
सल्यान २४,बैशाख । सल्यान बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा “राष्टका लागि खेल स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ यहि बैशाख २१ गतेदेखि प्रभाकर मावि देवस्थलमा सुरु भएको दोस्रो मेयर कप खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको छ।

जस अनतर्गत विभिन्न ५ बिधाका खेलहरु भएको थियो। समापन कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी उप प्रमुख पुरुस्तोतम आचार्य , निमित्त प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती नगर प्रबक्ता धन बहादुर पुन मगर विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितिमा बिजयी टिम र खेलाडीहरुलाई नगर सहित कप मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।

 

२१ गतेदेखि २३ गते ३ दिनसम्म चलेको प्रतियोगिताका खेलहरुमा यस अनुसार मिश्रित रुपमा विभिन्न बिधामा यस प्रकार विभिन्न वडाका टिमहरु र खेलाडीहरु बिजयी भएका छन्।
पुरुष भलिबल तर्फ:
प्रथम: वडा नं. ८
द्वितीय: वडा नं. ३
तृतीय : वडा नं. ४
महिला भलिबल तर्फ:
प्रथम: वडा नं. ११
द्वितीय: वडा नं. ३
तृतीय : वडा नं. ५
पुरुष फुटबल तर्फ:
प्रथम: वडा नं. १
द्वितीय: वडा नं. ७
पुरुष व्याटमिण्टन तर्फ:
प्रथम: वडा नं. ३
द्वितीय: वडा नं. ७
पुरुष सट फुट तर्फ:
प्रथम: वडा नं. १ (कृष्ण बहादुर शाही)
द्वितीय: वडा नं. ५ (गणेश राना)
तृतीय: वडा नं.३ (दिपक पुन मगर)
महिला सट फुट तर्फ:
प्रथम: वडा नं. ५ (रुपा खत्री)
द्वितीय: वडा नं. १ चन्दिका यरी)
तृतीय: वडा नं. २ (सुस्मा बुढाथोकी)
पुरुष रस्साकस्सि तर्फ:
प्रथम: वडा नं. १
महिला रस्साकस्सि तर्फ:
प्रथम: वडा नं. १
सर्वोत्कृष्ट खेलाडी फुटबल तर्फ:
– विस्वास वि.सी. – वडा नं. १
सर्वोत्कृष्ट खेलाडी पुरुष भलिबल तर्फ:
– जनक पुन – वडा नं. ३
सर्वोत्कृष्ट खेलाडी महिला भलिबल तर्फ:
– गमला वि.क. – वडा नं. ३

Facebook Comments