• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नारायणपुर महाेत्सव : बद्री पंगेनीले रूवाउँदै  नचाए




दाङ, २३ वैशाख । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा आज दसाैँ दिन गायक बद्री पंगेनीले प्रस्तुति दिएका छन् ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज शनिबार  गायक पंगेनीले प्रस्तुति दिएका हुन् ।
प्रस्तुतिका क्रममा गायक पंगेनी बिदेसिएका छाेराहरूकाे पीडा गाउँदा महाेत्सवमा उपस्थित आमाहरू धुरूधुरू राेएका हुन् । आमाहरूकाे आँखाबाट आँसु झारेका गायक पंगेनीले त्यसपछिको प्रस्तुतिमा नचाएका थिए ।
गायक पंगेनीले आमा बिदा पाउँदिन, कला चल्याे गला चल्याे,   पैसा सापटी, ससुरालीमा, राताे पछ्याैरी, पानी सललल लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।
साथै आज महोत्सवमा  गायक दसाैँ   दिन गायक प्रकाशप्रिय कुशुम्या, टाेपेन्द्र बिष्ट, गजलकार बसन्त वली बसन्ती, मेरी बास्सैका कलामार लेखान्त भुसाल (घिराैले), रमेश बुढा मगर (बैकुण्ठे) तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ  र शालु सुनारको प्रस्तुति रहेकाे सांस्कृतिक उपसमितिका संयोजक  वलीले जानकारी दिएका छन् ।
भाेलि आइतबार कमल गाउँले र सन्दिप न्याैपाने
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि आइतबार हाँस्य  कलाकार कमल गाउँले र गायक सन्दिप न्याैपानेकाे  प्रस्तुति रहने छ ।
साथै भोलि महोत्सवको  घनश्याम केसी, राशी रिजाल  तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ  र शालु सुनारको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक  वलीले जानकारी दिएका छन् ।
Facebook Comments