• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ४३ जना स्रष्टा पुरस्कृत




दाङ, २३ बैशाख । एकै मञ्चमा ४३ जना स्रष्टाहरू पुरस्कृत भएका छन् । राप्ती साहित्य परिषद्को ४६औँ स्थापना दिवस एवम् २३औँ साधारणसभाको अवसरमा वृहत साहित्यिक समारोहमा साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ४३ जना स्रष्टालाई सम्मान एवम् पुरस्कृत गरिएको हो ।

राप्ती साहित्य पुरस्कार २०७८ बाट पद्मप्रसाद शर्मा (दाङ) र २०७९ बाट खेमराज शर्मा (रोल्पा) पुरस्कृत भएका छन् । विष्णु–नुमा पुरस्कार–२०७९ बाट बालस्रष्टा लक्ष्मी सुवेदी (रोल्पा), दीलसरी दल अतिरिक्त पुरस्कार–२०७९ बाट शशिराम कार्की (रुकुम पश्चिम), नन्दहरि पुरस्कार २०७८ बाट प्रदीपराज श्रेष्ठ (दाङ) र २०७९ बाट प्रकाशचन्द्र घिमिरे (दाङ), डोमादेवी साहित्य पुरस्कार २०७८ बाट जितबहादुर शाह (सल्यान) र २०७९ बाट बुद्धिप्रकाश शर्मा (सल्यान) र ऋषिलक्ष्मी साहित्य पुरस्कार–२०७९ बाट रामचन्द्र श्रेष्ठ (रोल्पा) लाई प्रदान गरिएको थियो ।

यसैगरी पद्मा–कुल हास्यव्यङ्ग्य पुरस्कार २०७८ कमल गाउँले (दाङ), देवीचन्द्र साहित्य पुरस्कार २०७८ कमल पोख्रेल (प्युठान) र २०७९ केबी मसाल (दाङ), अपा–मुकुन्द प्रज्ञा पुरस्कार २०७८ दामोदर पौडेल (दाङ) र २०७९ बसन्तविवश आचार्य (दाङ), गोपालचन्द्र प्रज्ञा पुरस्कार २०७८ भेषराज पौडेल (दाङ) र २०७९ गोविन्दमधुर आचार्य (दाङ), गोमा देवकोटा स्मृति कला पुरस्कार २०७८ चाहना झाँक्री (दाङ) र २०७९ शान्ता वली (दाङ), हरिप्रसाद पाण्डेय–मीना पाण्डेय कला साहित्य पुरस्कार २०७८ बुद्धिप्रकाश धिताल (दाङ) र २०७९ कृष्ण गिरी (दाङ), खोविलाल हुकुमादेवी छन्द पुरस्कार २०७८ पिताम्बर रिजाल (दाङ) र २०७९ धनसिंह गिरी (दाङ) लाई प्रदान गरिको छ ।

यसैगरी परिषदले पद्मप्रसाद–रूपसा प्रज्ञा पुरस्कार २०७८ ज्ञानेन्द्र स्वर्णकार (दाङ) र २०७९ प्रकाशप्रिय कुसुम्या (दाङ), पण्डित कपीलमुनि भक्तकुमारी पुरस्कार २०७९ दलबहादुर बस्नेत (दाङ), तिलका–तुल्सीराम स्मृति पुरस्कार २०७८ डा.जनार्दन आचार्य (बाँके) र २०७९ वीरेन्द्र शाही (सल्यान), चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार २०७८ श्रवण नेपाली (दाङ) र २०७९ वीणा रोका (दाङ), नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार–२०७८ कविता उपाध्याय (रोल्पा) र बसन्त वली ‘बसन्ती’ (दाङ), चन्द्र–मधु गीत संगीत पुरस्कार–२०७८ लीलावती बुढा (सल्यान) र २०७९ घनश्याम केसी (दाङ), ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार २०७८ खगराज न्यौपाने (दाङ) र २०७९ प्रमोद धिताल (दाङ), प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार–२०७८ हरिप्रसाद भण्डारी (गुल्मी) र २०७९ भुवन देवकोटा (दाङ), श्रीबहादुर दिलमाया साहित्य पुरस्कार–२०७८ धर्मबहादुर बुढा (रुकुम पूर्व) र २०७९ लक्ष्मी मगर (प्युठान), टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार २०७८ चन्द्र शर्मा (दाङ) र २०७९ खगेन्द्र गिरी (बाँके) लाई प्रदान गरिएको थियो ।

यसैगरी २०७७ र २०७८ मा प्रकाशित साहित्यिक कृतिका लागि राप्ती सिर्जना पुरस्कार २०७७ नीमबहादुर थापा (नुरदेव) द्वारा लिखित ‘नाकाबासीको सपना’ नियात्रा (२०७७) (दाङ) र २०७८ उत्तमकृष्ण मजगैयाँद्वारा लिखित ‘परिक्रमा’ समालोचना २०७८ लाई प्रदान गरिएको थियो ।कार्यक्रममा पुरस्कार संस्थापक पुरुषोत्तम खनाल, लेखक तथा साहित्यकार विनोद पोख्रेल, नियमित रूपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने शारदा शर्मा, बसन्तराज भट्ट, पत्रकार आभाष बुढाथोकीलगायतलाई सम्मान गरिएको थियो ।

राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यता एवम् राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले साहित्य परिवर्तनका पक्षमा लेखिनुपर्ने बताएका थिए । साहित्य समाजको ऐना भएको भन्दै उनीहरूले वर्तमान अवस्थामा देखिएका विकृति, विसंगतिका बिरूद्धसँगै देशलाई सही मार्गमा हिडाउन साहित्यकारले साहित्यको माध्यमबाट खबरदारी गर्नुपर्ने सहभागी वक्ताले बताएका थिए ।

कार्यक्रममा प्राध्यापक तथा पुरस्कृत व्यक्तित्वहरू जनार्दन आचार्य, जितबहादुर शाह, शशिराम कार्की, हरिप्रसाद भण्डारी, देउखुरी साहित्य तथा संस्कृतिक मञ्चका अध्यक्ष हरिप्रसाद पोख्रेल, हाँस्य कलाकार कमल गाउँले, लोकगायक घनश्याम केसी, गायक गोविन्दमधुर आचार्य, गजलकार बसन्त वली ‘बसन्ती’लगायतले मन्तव्य तथा रचना वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद्का महासचिव रमेश सुवेदी र सचिव आदिम केसीले गरेका थिए । शुक्रवार र शनिवार दुई दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन उद्घाटन, पुरस्कार वितरण, सम्मान तथा गजल प्रतियोगिता र दोस्रो दिन शनिवार साधारणसभा गर्ने राप्ती साहित्य परिषद्ले जनाएको छ ।

 

Facebook Comments