नेपाली काङ्ग्रेस बंगलाचुली समितिले बंगलाचुली गाउँपालिकालाई बुधबार ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको छ ।
पालिकामा समानता, सुशासन, न्याय, दिगो विकास, रोजगारी, सूचना संप्रेक्षण, भौतिक पुर्वाधार र समृद्धिका लागि विविध क्षेत्रमा समस्याहरु देखापरेको हुँदा उक्त समस्या छिटोभन्दा छिटो समाधानको मागसहित नेका बंगलाचुलीकाका सभापति इन्द्रमणी वलीको नेतृत्वमा पालिका अध्यक्ष र उपाध्यक्षलाई बुधबार ज्ञापनपत्र बुजाएको छन् ।
प्रस्तुत विषयमा बंगलाचुली गाँउपालिकाको समग्र अवस्थालाई मध्यनजर गर्दा यस गाँउपालिकाको समानता, सुशासन, न्याय, दिगो विकास, रोजगारी, सूचना संप्रेक्षण, भौतिक पुर्वाधार र समृद्धिका लागि विविध क्षेत्रमा विविध किसिमको समस्याहरु देखापरेको र केही सुधारको अपेक्षासहित पहिला पनि बारम्बार ज्ञापनपत्र बुझाएको तर खासै चासो नदेखाए जस्तो अनुभुतीको महशुस भएको हुँदा फेरी पनि पुन भए गरेका कमिकमजोरीलाई लिपीबद्ध गरि यसै पत्रका साथ पेश गरेको जानकारी गराउदछौं ।
साथै यथासक्य छिटो यस पत्रको कुनै सुनुवाई नभएको खण्डमा थप कार्यक्रमहरु गर्न बाध्य हुने समेत उक्त पत्रमा उल्लेख रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
