घोराही । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान महासंघ दाङले बुधबार विद्युतीय शासनमा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्यान महासंघ नेपालका निवर्तमान केन्द्रिय उपाध्यक्ष रेशम गिरीले डाटा सुरक्षामा थुप्रै चुनौतीहरु रहेको उल्लेख गर्दै सरकारले प्रयोगकर्ताहरुमा सचेतना, सेक्यूरिटी फाइरवालको जडान र डाटा सेन्टरमा दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सतर्कता अपनाए सम्भावित चुनौतीहरुलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
क्यान महासंघ दाङका अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अथितिहरु शिशिर पौडेल र ई. बाबुराम जोशीले सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने बताउनुभयो । क्यान महासंघ दाङका निवर्तमान अध्यक्ष कर्णबहादुर पुन मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव विश्वबन्धु थापाले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।