• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनप्रतिनिधि, कर्मचारी र स्थानीयद्वारा घर निर्माणमा श्रमदान




देउखुरी / दाङको राप्ती गाँउपालिकाका जनप्रतिनिधि,कर्मचारी र स्थानीयहरुले बुधबार एक गरिबको घर निर्माणमा श्रमदान गरि सहयोग गरेका छन्।

उनीहरूले पालिकाकाे वडा नम्बर तीन नयाँबस्ती निवासी मृगौला राेगी तथा अति विपन्न उमेश घर्ती मगरकाे घर बनाउने कार्यमा श्रमदान गरि सहयोग गरेका हुन्।

अहिले उनकाे करिब एक कठ्ठा ऐलानी जग्गामा घर निर्माण कार्य थालिएको छ।

२८ वर्षिय घर्ती विगत एक वर्ष देखि मृगौला राेगबाट ग्रसित हुनुहुन्छ ।हाल उहाँ दुई छाेरा र श्रीमती सहित अरुकाे घरमा भाडामा बस्दै आउनु भएको छ। घर मूली नै राेगले थलिए पछि दैनिक गुजारा चलाउन समेत मुस्लिम परेकाे उनकाे भनाइ छ।स्वास्थ्यमा समस्या देखिए पछि उनी गत वर्ष कतार गएकै चालिस दिनमा घर फर्किएका थिए ।अहिले विदेश जादा लागेकाे ऋण तिर्न समेत समस्या भएको उनले बताएका छन्।

श्रमदान कार्यमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेल,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा सदस्य ईश्वरी परियार ,समाजसेवीहरु गाेविन्द अधिकारी, तुला गिरी,झग्गु अधिकारी ,सरद गिरी लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियाे।

Facebook Comments