नबिन पिएम
सल्यान, २१ बैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले जेष्ठ नागरिक, अशक्त अपाङ्गता नागरिककालागि दिने सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न बुधबारबाट सुरु गरेको छ ।
सेवाग्राहीहरुको समस्या मध्यनजर गर्दै नगरपालिकाले वडा बाटै भत्ता वितरण गर्न लागेको हो । नगरपालिका र लक्ष्मी बैंक, सल्लिबजार शाखाको रोहवरमा आज बुधबार वडा नं २ मा सामाजिक सुरक्षा भत्ता बितरन गरिएको छ ।जसमा १३० जना ज्येष्ठ तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकले आफ्नै वडा कार्यालयबाट सेवा प्राप्त गर्नु भएको थियो । वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु निकै खुसी भएका थिए ।
उक्त कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, २ नम्बर वडाध्यक्ष मान बहादुर खत्री , लक्ष्मी बैंक सल्लीबजार शाखाका कर्मचारीहरु , नगरपालिकाका कर्मचारी २ नम्बर वडा सचिव गणेश बुढा मगरको उपस्थिति रहेको थियो ।नगरपालिकाका प्रायः वडाहरु दुरजराज र दुर्गममा रहेको हुँदा नगरको केन्द्र सल्लिबजारमा रहेको बैङ्कमा भत्ता लिन जान निकै कठिन भएपछि वडाबाटै भत्ता वितरण गर्न सुरु गरिएको नगर प्रमुख बुढाथोकीले बताउनु भयो ।
यहि बैशाख २१ गते ३ नं वडा कार्यालय, २४गते ४ नं। वडा कार्यालय, २५ गते ५ न. वडा कार्यालय, २६ गते ६ नं वडा कार्यालय,२७ गते ७ नं। वडा कार्यालय २८ गते ८ नं वडा कार्यालय २९ गते ९ नं। वडा कार्यालय, ३१ गते १० नं वडा कार्यालय त्यस्तै जेष्ठ ०१ गते ११ नं वडा कार्यालय र जेष्ठ ०२ गते १२ नं वडा कार्यालयबाट भत्ता बितरण गरिने बताइएकोछ । बिहान ११:०० बजे देखि दिउँसो २:०० बजेको समयमा भत्ता बितरण हुनेछ ।
साथै, नगरपालिकाका १२ वटै वडाका दलित एकल महिला बिधुवा सामाजिक सुरक्षा पाउने नागरिकले भने आउदो जेष्ठ ०४ गते देखि १८ गते सम्म लक्ष्मी बैंक शाखा सल्लिबजार बाट भत्ता बितरण हुने भएकोले आफ्नो वडाको पालोको मिति र समयमा उपस्थित भएर सम्पुर्ण लाभग्राहिले भत्ता बुझ्न हुन नगरपालिकाले जानकारी दिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
