दाङ / गृहणी महिला तथा किशोरीहरुको पेशागत क्षमता विकाससँगै आर्थिक आयआर्जनको बृद्धिका लागि घोराही उपमहानगरपालिका वडा नं. ६ मा एक महिना कटाई सिलाई तालिम सुरु भएको छ ।
तालिममा दलित, जनजाती अन्य समुदायका महिलाहरु करिव २० जनाको सहभागिता रहेको छ । घोराही उपमहानगरपालिका वडा नं. ६ आयोजना तथा आरोही नेपालको सहआयोजनामा तालिम सुरु भएको हो ।
घोराही उपमहानगपालिका वडा नं. ६ का वडाध्यक्ष बिष्णुुराम आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा महिला अधिकारकर्मी बिना बिसीले महिला पेशा र आर्थिक रुपमा महिलाहरु सक्षम र बलियो बनाउन सकेमा मात्रै महिला सशक्तिकरणको नारा सार्थकता पाउने विश्वास व्यक्त गरेकी थिइन ।
कार्यक्रममा आरोही नेपालकी कोषाध्यक्ष करिष्मा डाँगी, वडा सदस्य माया चौधरी, खुुसीराम चौधरी लगायतकाले बोलेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
