• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा अपाङ्गता सम्बन्धी घुम्ती शिबिर, ३९ जनाको पहिचान




कमल खड्का
होलेरी / रुन्टीगढी गाउँपालिका रोल्पामा अपाङ्गता सम्बन्धी घुम्ती शिबिर सम्पन्न भएको छ । शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुको पहिचान तथा पुनःस्थापनाको घुम्ती शिबिर संचालन भएको हो ।

रुन्टीगढी गाउँपालिकाको आयोजना तथा अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपाको आर्थिक यंबम प्राबिधिक सहयोगमा निशुल्क शिबिर संचालन भएको हो । उक्त शिबिरमा रुन्टीगढी गाउँपालिका भरिका ३९ जना शारीरिक अपाङ्गता भएका बालवालिकाहरुको पहिचान गरिएको थियो ।

त्यसैगरी केहि बालवालिकालाई सहायता सामाग्री स्वरुप गुड्ने मेच १ जनालाई,वाकर २ जनालाई, अर्थोपेडिक सहाय सामग्री १ जनालाई, बैशाखी २ जनालाई ,मानर शल्यक्रिया २ जनालाई र १० जनालाई शल्यक्रियाका बनेपा अपाङ्ग बाल अस्पतालमा रिफर गरिए छ ।

अपाङ्गता परिक्षण डा. सबिन पोख्रेलले गर्नु भएको थियो भने घुम्ती शिबिरको उदघाटन रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनलले गर्नु भएको हो ।

Facebook Comments