• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धुमा कक्षा १२ का विद्याार्थीहरुलाई बिदाई




ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराही दाङले गत सोमबार एक भव्य कार्यक्रमको आयोजना गरी उद्योग वाणिज्य संघ घोराहीको सभाहलमा लगेर कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेको हो ।

विद्यार्थीहरुले खचाखच भरिएको सभाहलमा बिहान ठिक १० बजेबाट सुरुभएको कार्यक्रम साँझ ७ बजे मात्र आएर समापन भएको थियो । यसबिचमा विद्यार्थीहरुले आफूभित्र दबिएर रहेका गीत, नृत्य, कविता, गजल लगायतका प्रतिभाहरुलाई प्रस्तुत गरेका थिए ।

कक्षा ११ की छात्रा पुष्पा बि.क. को अध्यक्षतामा भएको उक्त कार्यक्रममा कक्षा ११ कै व्यवस्थापन सङ्कायका छात्र विशाल नेपालीले अङ्ग्रेजी भाषामा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक हुकुम बुढाथोकीले आफ्ना विद्यार्थीहरुलाई बिदाई भएर पठाउनु पर्दा मन दुखेको तर विद्यार्थीमा रहेका पढाइका अलवा विशिष्ट प्रतिभा र सिर्जनाले दङ्ग बनाएको भाव व्यक्त गर्नुभएको थियो ।

कक्षा १२ का विद्यार्थीहरुलाई वार्षिक परीक्षाको सफलताको शुभकामना दिनुहुँदै उहाँले आफ्नो विद्यालय शिक्षा, संस्कार र सिर्जनात्मक क्रियाकलाप अग्रपङ्तिका रहेको बताउनु भएको थियो । बिदाई एक प्रकृया मात्र भएकाले समयको कुनै कालखण्डमा पुनर्मिलन हुने विश्वास व्यक्त गर्दै शिक्षक, विद्यार्थीको नातालाई जीवन्त बनाउन विद्यार्थीहरुलाई आग्रह गर्नु भएको थियो । शुभकामना मन्तव्यकै क्रममा लामो समय विद्यार्थी आचरण, अनुशासन र नैतिकतामा खर्चनु भएका विद्यालयका कोर्डिनेटर तिलक अधिकारीले आफ्नो विद्यालयको व्यवस्थापन पक्ष गर्व गर्न लायक भएको र विद्यालयको टिम बजारले डाह गर्ने किसिमको भएकाले विद्यार्थीहरुको पहिलो आकर्षण ज्ञानसिन्धु भएको विचार व्यक्त गर्नुभएको थियो । यसै सनदर्भमा उहाँले कठोरता, भावुकता, सरलता, उदारता असल नेतृत्वका गुण भएकाले आफूले ती गुणहरुमा सीमाबद्ध भएर विद्यार्थीको निगरानीमा अहोरात्र खटेका कारण आफ्नो विद्यालय विद्यार्थीको रोजाइमा पर्ने गरेको बताउनु भएको थियो ।

एउटा शिक्षक विद्यार्थीको असल शिक्षक मात्र नभएर असल साथी बन्नु पर्ने भन्दै उहाँले मौनता र गम्भीर अहङ्कार र दम्भका बिम्ब र समस्याको जड भएकाले आफ्ना समस्या खुलेर राख्न विद्यार्थीहरुमा आग्रह गर्नुभएको थियो । यसअघि आफ्नो विद्यालले जिल्लामै शतप्रतिशत उत्कृष्ट नतिजा निकाल्न सफल भएकाले यो क्रमले निरनतरता पाउने आशा राख्दै वार्षिक परीक्षाको सफताको शुभकामना दिनु भएको थियो । शिक्षकको तर्फबाट लेखाविधिका वरिष्ठ शिक्षक नौलाबहादुर खड्काले विद्यालय वातावरण, सिकाइ र शिक्षकको संयोजनबाट ज्ञानसिन्धु उच्चस्थानमा रहेको आशय व्यक्त गर्नुभएको थियो । यसै क्रममा शिक्षिका तेजा गैरेले शुभकामना दिनुभएको थियो । उक्त कार्यक्रममा कक्षा १२ बाट तिलक पुन, राधा के.सी. र लक्ष्मण के.सी. तथा कक्षा ११ बाट विपना रिजालले आफ्ना अन्भव र विद्यालय वातावरण सम्बन्धी विचार व्यक्त गर्नु भएको थियो । अर्को कार्यक्रम अनतर्गत विद्यालयले आन्तरिक परीक्षामा विभिन्न स्थान हासिल गर्ने कक्षा १२ का सर्मिला बि.क., ललिता परियार, राधा के.सी., राजेश बि.क. तथा कक्षा ११ का विशाल नेपाली, माइकल घर्ती र विपना रिजाललाई शैक्षिक पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको थियो । यसवर्ष अनुशासित पुरस्कार विद्यार्थी द्वय लोकेन्द्र के.सी. र विपना चौधरीलाई प्रदान गरेको थियो भने नियमित विद्यालय आउने जेहन्दार विद्यार्थी पुरस्कार ईशान ढकाललाई प्रदान गरेको थियो । यसै क्रममा विद्यालयका आन्तरिक परीक्षामा उत्कृष्ट निरीक्षकको भूमिका निर्वाह गर्ने राप्ती शिक्षा क्याम्पसका विद्यार्थी श्रीधर डाँगीलाई उत्कृष्ट निरीक्षकको पुरस्कार प्रदान गरेको थियो ।

उक्त शैक्षिक कार्यक्रमको सहजीकरण शिक्षक देवराज भण्डारीले गर्नुभएको थियो भने बिदाई कार्यक्रमको सहजीकरण कक्षा ११ का विद्यार्थी द्वय मनोज सुनार र अञ्जना रोकाले गर्नुभएको थियो भने बिदाई भएर जाने विद्यार्थीरुलाई आआफ्नो सङ्कायका साथीहरुको सामूहिक फोटा फ्रेममा व्यवस्थित गरेर स्मरणरुपी मायाको चिनो रुपमा प्रदान गरिएको थियो ।

Facebook Comments