एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट नेपालको जितको खुसीयालीमा घोराही दाङमा विजय र्याली निकालिएको छ ।
बिपिनमणी आचार्यको विशेष पहलमा घोराहीका युवाहरुले प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको खुसीयात्रीमा विजय र्याली निकालेका हुन् ।
खुसीयालीको उपलक्ष्यमा तुलसीपुर चोकबाट सुरु भएको विजय र्यालीले बजार परिक्रमा गरेको तुल्सीपुर चोकमा पुगेर दीप प्रज्वलन पनि गरिएको छ ।
तुल्सीपुर चोकबाट सुरु भएर बीपी चोक, ट्राफिक चोक, निमाहल रोड, बैंक रोड, दामोदर चोक हुँदै पुन: तुलसीपुर चोकमा पुगेर दीप प्रज्वलन गरिएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फाइनलमा नेपाल ७ विकेटले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको हो ।
एसिया कपमा छनोट भएको नेपाले सेप्टेम्बरमा आयोजना हुने उक्त प्रतियोगितामा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।