• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नारायणपुर महोत्सवको छैठौं  दिन :   खेम सेञ्चुरीले नचाए दर्शक




दाङ, १९ वैशाख ।नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म  ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ मा आज मङ्गलबार  छैठौं  दिन गायक खेम सेञ्चुरीले दर्शकलाई मनाेरञ्जन दिएका छन् ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज मङ्गलबार गायक सेञ्चुरी गीत गाउँदा दर्शकले उनीसँगै गीत मात्र गाएनन् छमछमी नाचेका पनि हुन् ।
गायक सेञ्चुरीले सुर्ती माड्दै माड्दै,  कपलु काेरेर, कामी दाइकाे छाेराे, काँचाे बेलाउती,चार ताेलाकाे बाला लगायतका  गीत प्रस्तुत गरेका थिए  ।
महाेत्सव  गायक माेती केसी, राजकुमार वली, गायिका अनु राना मगर  गायिका शर्मिला अर्याल, बिमला भण्डारीको पनि प्रस्तुति रहेको थियो । एलिसा डान्स ग्रप काठमाडौंका नृत्यङ्गनाहरु एलिसा बराल, सीमा श्रेष्ठ र एन्जिला श्रेष्ठको पनि प्रस्तुति रहेको थियो । साथै महाेत्सवमा डिएमएस नारायणपुर डान्स ग्रुप र द लेभल अफ डान्स ग्रुपले पनि प्रस्तुति राखेका थिए ।
महोत्सवमा भोलि बुधबार जानकी तारमी मगर र सुप्रिम मल्ल
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि बुधबार जानकी तारमी मगर र सुप्रिम मल्लकाे  प्रस्तुति रहने छ ।  जानकी पछिल्लो चरणमा नेपाली सङ्गीतमा रूचाइएकी गायिका हुन् ।
जानकीका हरियाे कुर्ताले, भेनाकाे जातैले, छ्याप्पेै माया लै लै, ढाड दुखेर मार्याे, तरुनी कसाे गराैँ नि लगायतका गीत चर्चामा रहेका छन् ।
त्यस्तै गायक मल्लका धाेकेबाज हाै तिमी, जाऊ बाबु नभन्नु आमा, फापरकाे पिठाे पठाइदेऊ आमा, ओए काजल लगायतका तीत चर्चामा रहेका छन् ।
साथै भोलि महोत्सवको साताैँ दिन गायक शालिक क्षेत्री,  राजकुमार वली, गायिका शर्मिला अर्यालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।
Facebook Comments