• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माध्यमिक विद्यालय रुपाकाेटकाे अध्यक्षमा : सिङ्जाली मगर




तुल बहादुर कवँर मगर

देउखुरी,१९ वैशाख । राप्ती गाउँपालिका वडा नं. ९ काे माध्यमिक विद्यालय रुपाकाेटकाे अध्यक्षमा दिलु सिङ्जाली मगर चयन हुनु भएको छ।

साेमबार रुपाकाेटमा सम्पन्न भएको अभिभावक भेलाले सिङ्जाली मगरकाे अध्यक्षतामा ७ सदस्य विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।

जसको सदस्यहरुमा ताम बहादुर खैकला मगर,समरुन खातुन,भिमला वि.क.,सरीता फुङ्जु र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक लक्ष्मण बुढाथोकी रहेका छन् । भने शिक्षक प्रतिनिधि पछि चयन गरिने बताइएको छ ।

त्यस्तै भेलाले शन्त बहादुर घर्ती मगरको संयोजकत्वमा ७ सदस्य शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । जसको सदस्यहरुमा लक्ष्मी उलुङ्गे,शशी घर्ती ,राधिका बैमा,नारायण भट्टराई ,गिरीराज रखाल,अलिमहमद मिया रहेका छन् भने शिक्षक प्रतिनिधि पछि चयन गरिने बताइएको छ।

भेला निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश चुहानकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको प्रमुख आतिथ्यता तथा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विककाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

Facebook Comments