एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिडिरहेका छन् ।
त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको युएई ३३ दशमलब १ ओभरमा ११७ समेटयो ।
उसका आसिफ खानले सर्वाधिक ४६ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ४,करण केसी र सन्दीप लामिछानेले दुई दुई, सोमपाल कामी, गुल्शन झाले एक एक विकेट हात पारे ।
हिजो वर्षाले अवरुद्ध खेल आज भइरहेको हो ।
युएईले हिजो २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला बर्षाका कारण रोकिन पुगेको थियो ।
आज रिर्जभ डे भएकाले युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गरेको हो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।