• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`प्राविधिक शिक्षालाई गाउँबस्तीसम्मै लैजान आवश्यक´




घोराही । राप्ती इन्जिनियरीङ कलेज दाङमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ १२ औं व्याच, प्रि–डिप्लोमा इन सर्भे र इलेक्ट्रिकल इञ्जिनियरिङ ८ औं व्याच र प्रि—डिप्लोमा इन सिभिल ७ औँ व्याचमा भर्ना भएका विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न भएको छ ।

विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्दिय सदस्य शरद अधिकारीले मुलुकमा इञ्जिनियरिङ शिक्षाको माध्यमबाट जीवनस्तर सञ्चालन गर्नमा सहयोगी भुमिका निर्वाह गरेको बताएका छन् । प्रमुख अतिथि अधिकारीले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले आफूमा भएको सिपको सहि ठाउँमा प्रयोग गरी समाज र राष्ट्रको लागि स्मरणिय काम गर्न आग्रह गर्नुभएको थियो ।

‘हामीलाई व्यवहारिक शिक्षा चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो, त्यस अर्थमा प्राविधिक शिक्षालाई अब गाउँबस्तीसम्मै लैजान आवश्यक छ’, विदाई कार्यक्रममा प्रमुख अतिथि अधिकारीले बताउनुभएको थियो । विद्यार्थीहरु श्रमबजारको माग अनुसार कार्य गरी अनुसाशन पूर्वक सबैको मन जित्नुपर्ने, कुनै पनि कार्यमा निरन्तर रुपमा लाग्नु पर्ने, कुनै पनि कार्य सञ्चालनको क्रममा आत्मसम्मानका सहि सुचना प्रविधिको प्रयोग गरी सबै जना आत्मियताको भावना कायम गर्न आग्रह गर्नुभएको थियो ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती इञ्जिनियरीङ कलेजका प्रिन्सिपल रेशम गिरीले ‘हाम्रा उत्पादनहरु स्थानीय, प्रदेश, तथा संघमा फैलिदै गएको र लुम्विनी प्रदेशमा कम्तिमा पनि ९० प्रतिशत प्राविधिक जनशक्ति राप्ती इञ्जिनियरिङ कलेजको उत्पादनले रोजगारीको अवसर प्राप्त गरेको बताउनु भएको थियो ।

कलेजबाट उत्पादित विद्यार्थीहरु विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताउदै प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गरे । साथै अव शिक्षालाई सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफुहरु लागेको बताउंदै राप्ती इञ्जिनियरीङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुले कलेज विश्वविद्यालय, समाज र राष्ट्र भावना अनुरुप काम गर्न आग्रह गर्नभएको थियो ।

विदाई कार्यक्रमका अतिथि राप्ती इञ्जिनियरीङ कलेजका निर्देशक मधुसुदन बैद्यले विद्यार्थीको सिकाई निरन्तर रुपमा चल्ने भएकोले सिकाई क्रियाकलापलाई सहि प्रयोग गरी रोजगारी सृजना गर्नमा प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।

प्रशिक्षक नरेश कुमार थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विसिए विभागका विभागिय प्रमुख विश्वबन्धुथापाले गर्नु भएको थियो । सो अवसरमा प्रि—डिप्लोमा इन सिभिल, इलेक्ट्रिकल र सर्भे इञ्जिनियरिङका विद्यार्थीहरुले नृत्य, कविता, मुक्तक, गजल प्रस्तुत गरेका थिए ।

Facebook Comments