• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा पूर्वी दाङ ३ नम्बर एरियाको बैठक सम्पन्न




घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्लाको ३ नम्बर एरियाको पहिलो बैठक सम्पन्न भएको छ । पार्टीको आयोजनामा सोमबार हापुरमा सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सीले एरिया बैठकमा प्रशिक्षणमूलक मन्तव्य राख्दै पार्टीलाई जनतासम्म पुर्‍याउन संगठन महत्त्वपूर्ण भएको भन्दै गाउँ-गाउँमा संगठन बनाउनुपर्ने बताइन् । उनले संगठन बनाउदा गुणात्मक भन्दापनि संख्यात्मका आधारमा पार्टीप्रति कटिबद्ध र प्रतिबदध हुनेलाई मात्र संगठनमा जोड्नुपर्ने उद्घोष गरिन् ।

नेता सम्झना सीले पार्टीका नेता जनतासम्म पुग्नुपर्ने र पार्टी जनताको सुखदुःखको साथी बन्नुपर्ने भन्दै अब भाषण मात्र गरेर नपुग्ने भएको हुँदा ब्यबहारिक रुपमा उत्पादनसँग जोडिनुपर्नेमा विशेष जोड दिइन् । नेपालमा दलाल राज्य व्यवस्था असफल भइसकेको हुँदा यो व्यवस्था रहदासम्म देशमा थुप्रै संकटहरु आइरहने भन्दै यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने र त्यसका लागि पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले जिल्ला पार्टीको आवधिक योजनाको बैठकमा भएका निर्णय बारेका सर्कुलर बाचन गर्दै पार्टीले गरेका निर्णय सबै कमिटीहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

बैठकले राजनैतिक वैचारिक, संगठन र संघर्षको विषयमा महत्त्वपूर्ण निर्णयहरु गरेको छ । जसमा बैठकले पार्टी सदस्यहरुको अध्यावधिक गर्ने, पत्येका वडामा ५- ५ जना नयाँ सदस्य बनाउने, वडा तथा सेल कमिटी निर्माण गर्ने, वडाको बैठक बस्ने, जिल्ला र केन्द्रले तय गरेका संघर्षका कार्यक्रममा सहभागी हुने, प्रत्येक महिनाको १८ गते एरियाको बैठक बस्ने लगायतको निर्णयहरु गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, पार्टीका ४ नम्बर एरिया इन्चार्ज महान सी,पार्टीका जिल्ला सल्लाहकार नवराज सीको विशेष उपस्थिति बैठक बसेको थियो ।

बैठकको अध्यक्षता एवं संचालन नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ ३ नम्बर एरिया इन्चार्ज किसन सीले गरेका थिए ।

Facebook Comments