रोल्पा, १७ बैशाख । रोल्पामा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका–६ राँक ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको डबल क्याप गाडी आइतबार अप्राह्न गंगादेवको ओइलाम नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परि स्थानीय १५ वर्षका तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार सारूमगरले जानकारी दिएका छन् । प्रहरी प्रमुख सारुमगरका अनुसार दुर्घटनामा परेर ८ जना घाइते छन् ।
जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाइ उद्दार गरि प्रहरीले उपचारका लागि तुलसीपुर ल्याउने तयारी भैरहेको छ । गाडीमा ९ जना सवार रहेको बुझिएको छ । गाडी सडकबाट निकै तल खसेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी मगरले जानकारी दिएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
