• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तेस्रो बंगलाचुली कपको उपाधि ४ नम्बर वडालाई




दाङ / तेस्रो बंगलाचुली कप खेलकुद प्रतियोगिताको उपाधिका वडा नम्बर ४ ले हात पारेको छ । उपाधिका लागि वडा नं. ३ र ४ बीच आज शनिबार भएको फाइनल खेलमा ४ नम्बर वडा ४६ रनले उपाधी चुम्दै लगातार तेस्रो पटक बिजेता भएको हो ।

वडा नं. ४ ले टस हारेर ब्याटिङमा आएको वडा नं. ४ ले निर्धारित १५ ओभर खेल्दै ९ बिकेटको क्षतीमा ११३ रन बनाउन सफल भएको थियो । छितिज खडका २१ बलमा ४ चौकाको मद्दतले २९ त्यसै गरि मधुसूदन गिरिले २१ बलमा २ चौकाको मद्दतले २६ रन हान सफल भएका थिय । बलिङमा हिमाल घर्तीले ३ ओभर बलिङ गर्दै २५ रन दिएर ३ बिकेट लिउन सफल भएको थियोे ।

११४ टार्गेट लिएर जबाफी ब्याटिङमा आएको वडा नं. ३ १४.३ ओभरमा अलाउट हुदै ६७ रन मात्र बनाउन सफल भएको थियो । गोमल थापाले १३ र सुदर्शन बांठाले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंक सम्म छुन सकेनन् । बलिङतर्फ सन्दिप घर्तीले ३ ओभर गर्दै १६ रन दिएर ३ बिकेट, राजेन्द्र गिरिले ३ ओभर गर्दै १३ रन दिएर ३ बिकेट लिउन सफल भएको थियो ।

क्रीकेटमा म्यान ओफ द सिरिज वडा नं. ३ का सुदर्शन बाठा, बेस्ट ब्याट्सम्यान वडा नं. ३ कै मदन सुनार त्यसै गरि बेस्ट बलरमा वडा नं. ५ का मनोज वलि घोषित भएको छन ।

क्रीकेटको अफिसियल भुमिकामा हिमाल महरा, पुरन सोति मगर , टोपाराम अधिकारि र गुरु बिक रहनु भयको थियोे ।

भलिबलतर्फ वडा नं. ५ प्रथम , दोस्रो वडा नं. ६ र तेस्रो वडा नं.८ हुन सफल भएको छ । भलिबलमा बेस्ट खेलाडी वडा नं. ५ का मनु घर्ती भएका छन् ।

बुद्धिचाल तर्फ प्रथम प्रेम सारु मगर, दोस्रो टुकमान पुन र तेस्रो दुर्गा नेपाली हुन सफल भएको छन् ।

क्रीकेट प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार र त्यसै गरि भलिबलमा प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र बुद्दिचालमा प्रथम पुरस्कार १० हजार , दोस्रो पुरस्कार ८ हजार र तेस्रो पुरस्कार ५ हजार रहेको बंगलाचुली गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख ओम केसीले सिस्ने अनलाइनलाई जानकारी दिनु भयो ।

Facebook Comments