दिनेश रैदास
दाङ, १६ लमही । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको सम्मेलनको उदघाटन केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले बेलौतिको बिरुवा भएको गमलामा पानी राखेर गर्नु भएको थियोे ।
सम्मेलनमा जिल्ला सचिब बसन्त पौडेल , अखिल नेपाल किसान महासंघ जिल्ला सल्लाहकार बिष्णु भुसाल , अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रुमाल बसेल , रक्तिम सास्कृतीक अभियान जिल्ला उपाध्यक्ष बुद्धबहादुर जि सि , अखिल नेपाल महिला संघ नगर अध्यक्ष बसन्ता खनाल लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियोे ।
नगर उपाध्यक्ष तारा खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण नगर सचिब लेखराज आचार्य ले गर्नु भएको थियोे ।
सम्मेलनले हरी थापाको अध्यक्षतामा १९ सदस्यीय नगर समिती र ७ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ । जसको उपाध्यक्षमा तारा खनाल , सचिब बुद्धबहादुर जि सि , सह सचिब बसन्ता खनाल , कोषाध्यक्षमा बमबहादुर थापा चयन हुनु भएको छ । सदस्यहरुमा बासुदेब भट्टराई , चेत प्रसाद गोराथोकी , पिताम्बर पोख्रेल , बिष्णु आचार्य , सुन्दर चौधरी , सीता खनाल, हरी प्रसाद पौडेल , गोपाल भट्टराई , नुमबहादुर पुन , कृष्ण भुसाल , सान्ता खडका , बिमला आचार्य , कृष्ण पन्थी , सान्ता भुसाल रहनु भएको छ ।
सल्लाहकारहरुमा बिष्णु भुसाल , लेखराज आचार्य , झबिन्द्र आचार्य , बिष्णु खत्री , अनिल पौडेल , सोभकला खनाल , लोकेन्द्र परियार रहनु भएको छ । नब निर्बाचित समितिलाई जिल्ला सचिबालय सदस्य पदम प्रसाद गोराथोकीले मन्तव्यद्वारा बधाई दिनु भएको थियोे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
