दाङ, १६ वैशाख ।नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ को तेस्रो दिन आज लोकप्रिय गायक खुमन अधिकारी आउने भएका छन् । अधिकारी नेपाली लोक दोहोरी क्षेत्रका हस्ती नै मानिन्छन् । महोत्सवको तेस्रो दिन आज गायक अधिकारीले आफ्नो प्रस्तुति पस्कने छन् ।
अधिकारीसँगै आज महोत्सवमा गायक देवेन्द्र बस्नेत, गायिकाहरु अनु राना मगर, शर्मिला अर्यालको प्रस्तुति रहने छ । त्यस्तै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिला श्रेष्ठ र सीमा श्रेष्ठको प्रस्तुति रहने छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
