बंगलाचुली / तेस्रो बंगलाचुली कप खेलकुद प्रतियोगिता उपाधिका लागि बंगलाचुली वडा नं. ३ र ४ भिड्ने भएको छ।
बंगलाचुली ४ र ५ बिच भयको खेलमा १० रनले वडा ४ जित्दै फाइनल पुग्न सफल भएको छ । ४ नम्बर ११. ४ बलमा अल्ल आउट हुँदै ७९ रन बनाउन सफल भएको थियो ८० रन को टार्गेट लिएर जबाफी ब्याटिङमा आएको ५ नम्बर पुरै ओभर खेल्दै ६ बिकेट क्षेतिमा ७० रन मात्र बनाउन सफल भएको थियो । वडा नं. ३ पहिलानै फाइनल प्रवेश गरि सकेको थियो ।
फाइनल खेल भोलि बिहान १० बजेदेखि हुने र २ बजेदेखि समापन कार्यक्रम हुने बंगलाचुली गाउँपालिका वडा ४ का अध्यक्ष डास बहादुर डांँगीले जानकारी दिनुभयो ।
क्रीकेट प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार रहेको बंगलाचुली गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख ओम केसीले जानकारी दिनु भयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।