दाङ / दाङको तुलसीपुरमा टिपरको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा रोल्पाको त्रिवेनी गाउँपालिका- ४ सिमपानी घर भई अहिले तुलसीपुर १९ विजौरी बस्ने २२ वर्षीय लोकेन्द्र बुढा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रा १ ख २८५७ नम्बरको टिपरले तुलसीपुर १९ धानगाउँमा रहेको शिव इट्टा भट्टाको माटो बोक्ने क्रममा सोही स्थानमा काम गर्ने रा १ ख ४६७ जेसिवीका चालकलाई गयराती पौने ९ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएका बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । साथै टिपर चालक तुलसीपुर १९ का ३३ वर्षीय मधु चौधरीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
