बंगलाचुली गाउँपालिकामा बिहीबारदेखि तेस्रो बंगलाचुली कप खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सूचना तथा सन्चार मन्त्री रेखा शर्माले उद्घाटन गर्नु भएको हो ।
सो अबसरमा बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा ,४ का अध्यक्ष डास बहादुर डांगी, ५ का अध्यक्ष लिला बहादुर घर्ती , ६ का अध्यक्ष डोम बहादुर केसि नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य लगाएतले बोल्नु भएको थियो ।
बगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतमा एंब सूचना तथा सन्चार मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख ओम केसिले गर्नु भएको थियो ।
आज भएका खेलहरुमा बंगलाचुली वडा नं. ५ र वडा नं.६ बिच भएको पहिलो खेलमा वडा ५ बिजय भएको छ । त्यसैगरी भलिबल प्रतियोगितामा पहिलो खेम मा वडा नं. १ र वडा नं ३ भएको पहिलो खेलमा वडा नं. ३ बिजय भएको छ, दोस्रो खेलमा वडा नं ६ र वडा नं ७ बिचमा वडा नं ६ बिजय तेस्रो खेलमा वडा वडा नं.१ र ८ बिचमा वडा नं. ८बिजय भयको छ भने आजको अन्तिम खेलमा वडा नं. ५ र ७ बीचमा वडा नं. ५ बिजय हुन सफल भएको छ ।
त्यसैगरि बुद्धिचालमा ६ जना भयको प्रतिस्पर्धामा प्रथम प्रेम सारु मागर, दोस्रो टुकमान पुन र तेस्रो दुर्गा नेपाली हुन सफल भएको प्रतियोगिता आयोजक संयोजक तथा बंगलाचुली वडा नं.५ का अध्यक्ष लिला बहादुर घर्तीले सिस्ने अनलाइनलाई जानकारी दिनु भयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।