• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही–तुलसीपुर फोरलेन सडक सरकारको प्राथमिकतामा छः मन्त्री शर्मा




घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङमा रहेको घोराही–तुलसीपुर फोरलेन सडक सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल दाङले बिहीबार बिहान नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

घोराही–तुलसीपुर फोरलेन सडकले मानिसको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको र यो सडकको विषयलाई लिएर विभिन्न चर्चा, परिचर्चा रहेको भन्दै मन्त्री शर्माले यो फोरलेन सडकको समस्या सबै जनप्रतिनिधि, नागरिक अगुवाहरुको चासो र साझाको विषय भएको हुँदा यसलाई साझा ढंगले समाधान गर्नुपर्ने बताउनुभयो ।

घोराही–तुलसीपुर फोरलेन सडकका लागि भारत सरकारको एक्जिम बैंकको ऋण सहयोग र तक्थ्य इञ्जिनियरिङ कन्सलटेन्सीले ठक्का लिएर गरेको काम यहाँ आउँदा सातौं/आठौं ठेकेदारहरुसम्म पुग्दा समेत फोरलेनको सडकको काम हुन नसकेको र पछिल्लो अवधिमा यो निर्वाचन लगत्तै आफूहरु छलफलमा बसेर फोरलेनको काम छिटो गर्नुपर्छ, यदि छिटो नगर्ने हो भने १५ दिनमा ठेक्का तोड्नका लागि नेपाल सरकारको प्रक्रियामा जाने भन्ने छलफल भएको पनि मन्त्री शर्माले स्मरण गराउनुभयो ।

तर, त्यो योजना अर्को ठेकेदारलाई गइसकेको हुँदा त्यो विषयमा आफूहरुले निरन्तर रुपमा प्रधानमन्त्री,अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, विपक्षी दल, सत्तारुढ दल सबैसँग गम्भीरतापूर्वक छलफल गरिरहेको जानकारी दिनुुभयो । ‘एक्जिम बैंकका जति पनि प्रोजोक्टहरु छन्, ती प्रोजेक्टहरुको हालत एउटै देखिएकाले यो विषय अब दाङको मात्रै नभएर नेपालकै समस्याको रुपमा लिएर हामीले समाधानका लागि छलफल अघि बढाएका छौं’– उहाँले भन्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनुुभएका मन्त्री रेखा शर्माले फोरलेन सडकको विषयमा भारतीय राजदूत, एक्जिम बैंकको प्रतिनिधि, दक्षिण एशियाको विकास आयोजना हेर्ने भारतीय सचिव लगायत सबैसँग फलफल गरेर भारतीय निर्माण कम्पनीसँग ठेक्का तोक्ने विषयमा सकारात्म वातावरण बन्दै गएको पनि जानकारी दिनुुभयो । संभवत आगामी बजेट आउने बेलामासम्म ठेक्का तोडिने उहाँले बताउनुभयो ।

ठेक्का तोडेर मात्र त नहुने भन्दै उहाँले एक्जिम बैंकले आफ्नो पैसा लगानी गर्ने तर, नेपाल सरकारले आह्वान गरेर नयाँ ठेक्का प्रक्रियामा जाने समझदारी गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको पनि बताउनुुभयो । त्यसले केही समय लिने भएको हुँदा तत्काल टुलेन सडकलाई मर्मत संभार गरेर मानिसको दैनिक जीवनमा आवागमन सहज बनाउने भन्नेतिर पहल अघि बढाइएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

घोराही–तुलसीपुर फोरलेन सडक सरकारको पहिलो प्राथमिकतामा पर्ने भन्दै यो विषय गम्भीरतापूर्वक ढंगले अगाडि बढाएको भन्दै मन्त्री शर्माले त्यो विषय समाधना नहुँदासम्म अर्को विषयमा अगाडि जान नसिकने बताउनुुभयो । उहाँले अहिलेसम्म चलिरहेका प्रोजेक्टको हिसाबले पनि घोराही–तुलसीपुर सडक पहिलो प्राथमिकतामा पर्ने भएको हुँदा अब त्यति धेरै समस्या भोग्नु नपर्नेमा आफू विश्वस्त रहेको भन्दै त्यसका निम्ति निरन्तर लागिपर्नुपर्ने र यसलाई सबैको साझा विषयका रुपमा अगाडि बढनाउनुपर्ने उहाँले बताउनुभयो ।

दाङ जिल्लाको समग्र विकासका लागि बाटोघाटा, पुलपुलेसा, तटबन्धन, खानेपानी लगायतका थुप्रै विषयका योजनाहरु सम्बन्धित मन्त्रालयहरुमा बुझाइसकेको हुँदा अब आउने बजेटमा ठूला योजना केन्द्रबाट र साना योजना प्रदेशबाट गर्ने सांसदहरुसँग छलफल भएको मन्त्री शर्माको भनाइ छ ।

Facebook Comments