घोराही । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर- १ मा श्रीमतीले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । वडाको बोजपोखरा निवासी केशरा परियारले घरमा सामान्य विवाद हुँदा बञ्चरो प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
आज बिहीबार विहान करिब १० बजेतिर घरमा समान्य विवाद हुँदा ५७ वर्षीय श्रीमती केशरा परियारले एक्कासी बञ्चरो प्रहार गर्दा ६४ वर्षीय श्रीमान रेशम परियारको मृत्यु भएको बंगलाचुली गाउँपालिका वडा १ का वडाध्याक्ष विष्णु कवँरले जनाकारी दिएका छन् ।
घरमा श्रीमान र श्रीमती मात्र बस्दै आइरेका थिए भने उनीहरुको ३ जना छोरा र ३ जना छोरी छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
