• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सञ्चार मन्त्री शर्मा दाङमा




दाङ, १३ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा वैशाख १४, १५ र १६ गते हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको दाङ जिल्लामा आउनुभएको छ ।

उहाँ तीन दिन दाङमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनुहुने छ । मन्त्री शर्मा वैशाख १४ गते (बिहीवार) विहान साढे सात बजे घोराहीको नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर नेपालले गर्ने पत्रकार भेटघाटमा सहभागी हुनुहुनेछ । त्यसपछि मन्त्री शर्माले साढे १० बजे बंगलाचुली गाउँपालिकामा आयोजित बंगलाचुली कप खेलकूद उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे नारायणपुर ब्यापार महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

त्यस्तै वैशाख १५ गते (शुक्रवार) विहान मन्त्री शर्मा तुलसीपुर र रगैचामा हुने कार्यक्रममा सहभागी हुनुहुने छ भने दिउँसो महिला संगठन र महिला सञ्जालले घोराहीमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

वैशाख १६ गते (शनिवार) मन्त्री सुरक्षित आवाससम्बन्धी बैठक र लमहीमा हुने कार्यक्रममा भाग लिएर राजधानी फर्कनुहुने सचिवालयले जनाएको छ ।

Facebook Comments