• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘द नेचर ब्यान्ड’ दाङ आउँदै




दाङ, १३ बैशाख । नेपालको चर्चित द नेचर ब्यान्ड दाङ आउने भएको छ । यही आउदो शनिबार १६ गते नेचर ब्यान्ड दाङ घोराहीको तुलसीपुर चोकमा रहेको द किंग लाउन्जमा आउने भएको छ ।

द नेचर ब्यान्डले द किंग लाउन्जमा आफ्नो प्रस्तुती राख्ने किंगका सन्चालिका हुकुमा रोकाले जानकारी दिनुभयो । साथै ग्राहक तथा पाहुनाहरुलाई भरपुर मनोरन्जन दिने उद्धेश्यले नेपालकै नाम चलेको ब्यान्डलाई बोलाइएको बताउनु भयो।No description available.

उक्त दिन द नेचर ब्यान्डको प्रस्तुती हेर्नका निम्ती किंगले टिकटको पनि ब्यबस्था गरेको छ । प्रति ब्यक्ती ५ सय रुपैयाको टिकट रहेको छ । भने रु ५ सयमा पेय पदार्थ दुई सय पचास रुपैया बराबरको निशुल्क ब्यबस्था रहेको छ ।

सम्बन्ध जस्ता लोकप्रिय गीतका धनी द नेचर ब्यान्ड पहिलो पटक दाङ आउने भएको छ। घोराहीको चर्चित द किंग लाउन्ज, जहाँ दैनिक रुपमा लाइभ म्युजिक हुने गर्दछ। किंगले पहिलो पटक बाहिरबाट लाइभ प्रस्तुतीका लागि द नेचर ब्यान्डलाई हायर गरेको हो।

टिकटको अग्रिम बुकिङ मंगलवारदेखि खुलेको छ । किंगका सन्चालिका हुकुमा रोकाका अनुसार मंगलवार मात्रै २५ प्रतिशत अग्रिम टिकट बुकिङ भईसकेको जानकारी दिनुभयो । साथै सिमित सिट भएको हुँदा अग्रिम टिकट बुकिङका लागि द किंग लाउन्जको पेज या मोबाइल नम्बर ९८४७९५७१०९ मा सम्पर्क गर्न उहाले अनुरोध गर्नु भएको छ ।

Facebook Comments