• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पुरानो खालीको संरक्षण गरिदै




रुकुम पुर्व को सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङ को जुम्लेखाली मा रहेको पुरानो पुर्खेउली खालिलाई संरक्षण गर्न लागिएको छ ।

दशकौं वर्ष अगाडिदेखि गाई भैंसीहरुलाई सबैले पानी खुवाउन को लागि पुर्खा हरुले गाउँ को बिच भागमा खालि निर्माण गर्ने गरेका थिए । गाउँ का सबैले एकै ठाउमा गाई भैंसीहरुलाई पानी खुवाउने त्यही बहानामा सुख दःखका कुरा गर्ने चलन थियो । तर अहिले आएर यिनी कुरा सुन्दा अनौठो लाग्छ तर यो वास्तविक नै हो ।No description available.

त्यहि खाली आजभोलि खोज्ने हो भने कतै भौतिक संरचना ले मिचेको पाइन्छ भने कतै मोटरबाटो या कुनै बहाना मा ठुला ठुला खालीहरु मिच्दै गएको पाइन्छ ।

खालीको अस्तित्व नै बिस्तारै हराउँदै गईरहेको हुदा पुर्खाहरुले निर्माण गरेका सार्वजनिक सम्पत्तिहरुलाई अहिलेको पुस्ताले पुराना संरचनाहरुलाई संरक्षण गर्नुपर्ने स्थानीय तथा समाजसेवी दलवहादुर घर्ती मगरले बताउनुभएको छ । सोही अनुरुप आफुहरुले जुम्लेखालीमा रहेकोे खालिको संरक्षण गर्न लागिएको उहाँले बताउनुभएको छ । उहाले भन्नुभयो हामीले खालिलाई नयाँ तरिकाले खालीको संरक्षण गर्ने सोच बनाएका छौँ । खालीको चारैतिर मिसीनरी वाल लगाउने र तारबार पनि लगाएर खालीको अस्थित्व जोगाउने कोसिस गरेका छौ । अझ बजेट भयो भने कसैले यसरी पुर्खेउली सम्पत्ति को संरक्षणका लागि सहयोग गर्नुभयो भने झन बिचमा सुईमिङ पुल र परिपरीको क्षेत्रमा गाई भैंसीकालागी सिडि सहितको खाली बनाउने आफुहरुको सोच भएको पनि बताउनुभएको छ ।No description available.

यो सम्बन्धि आफुहरुले विभिन्न संघ संस्था तथा कार्यालय हरु संघ पनि कुरा गरिरहेको र जिल्ला डिभिजन वन कार्यालय रुकुम पूर्वले खाली संरक्षणका लागि २ लाख बजेट उपलब्ध गराइदिने भएको पनि बताउनुभयो । उहाँले ले भन्नुभयो वन कार्यालयले २ लाख वजेट दिन्छौं भनेपछि हामिहरु अरु काम छाडेर खाली संरक्षणको काममा लागेका छौं । यसरी पुर्खेउलि संरचनाहरुलाई नयाँ तरिकाबाट संरक्षण गर्दा विगतका पुराना कला संस्कार संस्कृति पनि धरापमा नपर्ने मगर को भनाई रहेको छ ।

Facebook Comments