बालाराम शेर्पाली / रुकुमपूर्वको भूमे गाउँ लपालिकामा द्वन्द पीडितहरुको सामुदायिक अङ्कपत्र संवाद गरिएको छ । मंगलबार भूमे गाउँपालिकाको खाबाङ बगरमा रहेको गाउँ कार्यपालिकामा एक कार्यक्रमकाबीच सामुदायिक अङ्कपत्र संवादमा द्वन्द्व पीडित, घाइते, अपांग, सहिद तथा वेपत्ता परिवारहरुको सेवाप्रदायक र सेवाग्रहीबाट सामुदायिक अङ्कपत्र संबाद लिने र दिने गरेको सहकर्मी समाजका फिल्ड अधिकृत माया बोहरा जानकारी दिनुभएको छ।
उहाँका अनुसार उक्त संवादमा ८ वटा सूचक रहेको र त्यही ८ सूचकबाट सूचकअक निर्धारण कारण बास्तविक उदाहरण लिएको र पहिले द्वन्द्व पीडितबाट लिएको र पछी स्थानिय सरोकारवालासँग छलफल गरीएको छ।
यस्तै द्वन्द्व पीडितहरुको बारेमा छलफल गर्दा सेवा प्रदायकबाट र सेवाग्रहीबाट सामुदायिक अङकपत्रमा दश-दश नम्बरको संख्या दिएको थियो । १ देखि ३ अति कम्जोर, ४ देखि ६, ६ देखि ८ र ९ देखि १० अति राम्रो संख्या राखेको फिल्ड अधृकित बोहराले बताउनुभएको छ। उक्त विषयमा छलफल गर्दा सेवा प्रदायक तथा सेवाग्राहीको साझा अंक १० प्रतिशतमा ४ प्रतिशत अंक प्राप्त भएको सहकर्मी समाजका रनजना बिकले जानकारी दिनुभयो ।
साझा अंक प्राप्त भइसकेपछि कार्ययोजना निर्माण गरिएको छ। के गर्ने ? कहिले गर्ने? कहाँ गर्ने ? भन्ने बारेमा प्रतिवद्धता राखिएको थियो । यी प्रशनहरुलाई भइरहेको तथ्यांकलाई पूरागर्ने बस्तीस्तर देखिनै द्वन्द पीडितमा पीडितलाई सुचकमा राखी अगाडि बढाउने नीति कार्यविधि बनाउने छुटेका द्वन्द पीडितलाई समेट्ने भईरहेका कामलाई पूरागर्ने सबै वडाहरुमा र पालिकामा अभिलेख राख्ने, लक्षित बर्गलाई शान्ति अमन चयन अगाडि बढाउने प्रतिवद्धता भूमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिहं श्रेष्ठले बताउनुभएको छ।
यस्तै कार्यक्रममा बोल्दै भूमे गाउँपालिकाले अध्यक्ष होम प्रकाश श्रेष्ठले द्वन्द्व पीडितहरुको पीडा र मर्म बुझेर अगाडि बढ्ने जानकारी दिनुभएको छ।
सहकर्मी समाज न्यायका लागि सवलिकरण परियोजनाको आयोजनामा इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा यो कार्यक्रम सन्चालन गरेको बिकले बताउनु भएको छ। उक्त सामुदायक अङ्कपत्र कार्यक्रम सहभागी भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत, ९ वटै वडाका वडा अध्यक्ष, द्वन्द पीडित, घाइते, अपांग, सहिद तथा परिवार वेपत्ता परिवाको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
