नबिन पिएम
सल्यान, ११ बैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ को दोस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन गरिएको छ। ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आज सोमबार आधारभुत बिद्यालय घर्तिगाउको खेल मैदानमा नगर प्रबक्ता तथा वडा न.३ का वडा अध्यक्ष धन बहादुर पुन मगर र २ नम्बर वडा अध्यक्ष मान बहादुर खत्रीले सयुक्त रुपमा भलिबल सर्भिस गरेर उद्घाटन गर्नु भएको छ । खेल आज देखि १३ गतेसम्म चल्नेछ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रबक्ता तथा ३ नम्बर वडा अध्यक्ष धन बहादुर पुन मगरले ,वडा कप खेलकुद प्रतियोगिताले खेल क्षेत्रको विकास गर्न, गाउँ गाउमा लुकेर रहेका प्रतिभा तथा खेलाडीहरुलाई चिनाउन र खेल प्रदर्शन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले खेलाडीहरुले अनुशासित भएर खेलमा सहभागीता जनाउन आग्रह गर्दै, खेलकुदका माध्यम बाट वडा, नगर हुदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म बनगाड लाई चिनाउन खेलाडीहरुलाई आग्रह गर्नु भयो ।
खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा आफ्नो भनाइ राख्न्दै वडा नं।२ का वडा अध्यक्ष मान बहादुर खत्रीले आफ्नो वडामा आज वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन गर्न पाउँदा खुशी लागेको र खेलाडीहरुको बिकास र २ नम्बर बाट खेलकुद क्षेत्रलाई बिकास गर्न आफू सधै लागि पर्ने बताउनु भयो , खेलकुद प्रतियोगिताको पुर्ण सफलताको लागि सम्पुर्ण वडाबासिहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाग्न अनुरोध गर्नु भयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बिद्यार्थी, पत्रकार, बुद्धिजीवी लगाएत वडावासी र खेलाडीहरुको उत्साहपुर्ण सहभागीता रहेको थियो ।
वडा नं।२ को आयोजनामा भएको उक्त वडा अध्यक्ष कप प्रतियोगितामा महिला तथा पुरुष भलिबल खेलहरु संचालन गरिने २ नम्बर वडा सचीव गनेश बुढा मगरले बताउनु भएको छ । आज बाट सुरु भएको भलिबल प्रतियोगिता यहि बैशाख १२ गते २ दिन सम्म संचालन हुने बताइएको छ उक्त खेलकुद प्रतियोगितामा पुरुष भलिबल तर्फ २ नम्बरका विभिन्न टोलका गरि ११ वटा टिमले सहभागीता जनाएकाछ्न भने महिला भलिबल तर्फ ८ वटा टिमले सहभागी जनाएकाछ्न पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले कम मेडल प्रमाणपत्र सहित नगत ३० हजार पाउनेछ भने दोस्रो हुनेले कम मेडल प्रमाणपत्र सहित २० हजार पाउनेछ्न, तेस्रो हुनेले भने कम मेडल प्रमाणपत्र सहित १० हजार पाउनेछ । यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले कम मेडल प्रमाणपत्र सहित १५ हजार नगत पाउनेछ, भने दोस्रो हुनेले हुनेले कम मेडल प्रमाणपत्र सहिद १० हजार नगर पाउनेछ भने तेस्रो हुने टिमले कम मेडल प्रमाणपत्र सहित नगत ५ हजार पाउनेछ ।
वडा नं।२ का वडा अध्यक्ष मान बहादुर खत्रीको अध्यक्षता, सुरु भएको कार्यक्रमको संचालन २ नम्बर वडा सचीव गनेश बुढा मगरले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।