• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ठूला दलको औचित्य समाप्त :मेटमणि चौधरी




वैशाख ११, दाङ । नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब ठुला दलको औचित्य समाप्त भएको बताएका छन् ।
एकीकृत समाजवादी दाङले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले भने, ‘ठुला दलले बदलिदो समयको माग र जनताको मनोविज्ञान बुझ्न सकेनन् ।

पुरानै चिन्तन र पुरानै मनोविज्ञान बोकेर उनीहरु हिँडिरहेका छन् । तसर्थ अब यिनीहरुको औचित्य समाप्त भइसकेको छ ।’
ठुला दलसँग जनतामा जाने कुनै पनि नयाँ कार्यक्रम नभएको आरोप लगाउदै पूर्व मन्त्री समेत रहेका चौधरीले एकीकृत समाजवादी अबको वैकल्पिक शक्ति बन्ने विश्वास व्यक्त गरे ।

‘मैले पहिलेदखि भन्दै आएको छु । पुराना दल र तीनका नेतृत्वका शैलीका कारण यिनीहरुको विकल्प जनताले खोजिरहेका छन् । यिनले जनताका समस्या समेत सुन्न छाडेका छन् ।’ उनले थपे, ‘तत्कालीन एमालेको नेतृत्वबाट पार्टी चल्नै नसक्ने हाम्रो आँकलन अहिले सत्य सावित भएको छ । त्यसकारण नयाँ वैकल्पिक कम्युनिष्ट शक्तिको रुपमा एकीकृत समाजवादीको उज्ज्वल भविष्य छ ।’
चौधरीले नेता कार्यकर्ताहरुलाई जनताका समस्या उठान गर्न समेत निर्देशन दिएका थिए ।

Facebook Comments